धरानः धरानमा प्रेस संगठन नेपाल जिल्ला कार्य समिति सुनसरीको आयोजनामा विरोध कार्यक्रम आयोजना भएको छ ।
धरानमा विरोध रयालीसँगै बजार परिक्रमापश्चात अन्तरक्रिया कार्यक्रम समेत भएको थियो । रयाली चतरालाइनको पब्लिक मावि अगाडिको सडकदेखि शुरु भई छाताचोक हुँदै सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा अन्तक्र्रिया कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, जनकऋषि राई, प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, तारामणि सापकोटा, धरान नागरिक मञ्चका तर्फबाट डा. राजेन्द्र शर्मा, प्रदेश सांसद सावित्री श्रेष्ठ, नेकपाका जिल्ला सचिव रमेश बस्नेतलगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने अधिकांश पत्रकारले प्रधानमन्त्रीको असंवैधानिक आक्रमणले भोलि गएर स्वतन्त्रता प्रेसमाथि नै संकट आइपर्न सक्ने बताएका थिए ।
कार्यक्रममा सांसद श्रेष्ठले प्रधानमन्त्री ओलीले आफूले एकलौटी अधिकारको प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाइन् । ‘यही एकलौटीको विरोधमा हामी सडकमा छौं’, उनले भनिन् । तस्वीरः लक्ष्मण थापा

