Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ग्रामीण पत्रकार समूहद्वारा चक्रघट्टीमा रक्तदान कार्यक्रम आायोजना

हाम्रो कोशी आवाज
माघ २६ २०७७, सोमबार
ग्रामीण पत्रकार समूहद्वारा चक्रघट्टीमा रक्तदान कार्यक्रम आायोजना

चतराः ग्रामीण पत्रकार समूह बराहक्षेत्रद्वारा आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार चक्रघट्टीमा रहेको पारालिगलको भवन पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धरानको प्राविधिक सहयोगमा ४४ प्रिन्ट रगत संकलन भएको संस्था सचिव संगम विष्टले बताए ।
रक्तदान गर्न बराहक्षेत्र नगरपालिका कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, बाङगे गाइज, ग्रामीण पत्रकार समूहका सदस्य लगायत विभिन्न व्यक्तिले रक्तदान गरेका थिए । कार्यक्रम बराहक्षेत्र नगरपालिका उपप्रमुख कमल मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथि बराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेल, चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बाबुराम खत्री ( दाहाल) रहेका थिए ।
प्रमुख अतिथि मगरले भने ग्रामीण पत्रकार समूहले सामाजिक कार्यमा उदाहरणीय कार्य गरेको र रक्तदान कार्यक्रमले समाजको लागि राम्रो काम गरेको भन्दै प्रशंसा समेत गरे । बराहक्षेत्र नगरपालिका कार्यालय, चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लि.महेन्द्रनगर साना सहरी तथा खानेपानी संस्था, बराहक्षेत्र ६ नम्बर वडा कार्यालय, उद्योग वाणिज्य संघ, चतराले विशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष हिरण्य कार्कीले बताए ।

प्रकाशित मिति: माघ २६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend