Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फैलिँदो लागूऔषध कारोबारीको जालो

हाम्रो कोशी आवाज
माघ २७ २०७७, मंगलबार
फैलिँदो लागूऔषध कारोबारीको जालो

धरानः धरानमा डेरा लिएर गाँजा कारोबार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई धरान उपमहानगरपालिका–१३ डेरा गरी बस्ने ३४ वर्षीय गुमान राई सवा २ केजी गाँजासहित पक्राउ परेका छन् ।
राईले आफ्नै घर कोठामा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई २ केजी २७० ग्राम गाँजासहित पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता झापाको दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–७ गैह्रीगाउँबाट मेचीनगर नगरपालिका–६ का २४ वर्षीय सुरज खड्कालाई २ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट स्थानीय २८ वर्षीय प्रकाश लिम्बूलाई १८ ग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, उदयपुरमा नियन्त्रित लागूऔषध ट्याब्लेट र ठूलो परिणामको गाँजासहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका ५ बजेको समयमा त्रियुगा नगरपालिका–६ जलजलेबाट त्रियुगा नगरपालिका–१ का ३२ वर्षीय विदुर अधिकारी, त्रियुगा नगरपालिका–१४ का २६ वर्षीय कुमार मगर, त्रियुगा नगरपालिका–१३ का २५ वर्षीय सागर चौधरी र सुनसरीका २५ वर्षीय अभिसेक जैसवाललाई लागूऔषध ट्याब्लेटसहित पक्राउ गरेको हो ।
निजहरुको साथबाट प्रहरीले डाइजेपाम १९ एम्पुल, फेनारागन १९ एम्पुल, लुपिजेसिक १९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ । यसैगरी उदयपुरकै त्रियुगा नगरपालिका–१२ बाट स्थानीय १५ बर्षीय बालक लागूऔषधसहित पक्राउ परेका छन् । निजको साथबाट प्रहरीले फेनारगन २ एम्पुल, नोरफिन २ एम्पुल र डाईजेल्याप २ एम्पुल बरामद गरेको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै उदयपुरकै कटारी नगरपालिका–८ बाट ठूलो परिणामको गाँजासहित तिन जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बेतनीबाट कटारी तर्फ आउँदै गरेको स१च ८०४ नम्बरको पिकअपलाई रोकेर चेकजाँच गर्ने क्रममा सो पिकअपबाट १२१ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसंगै गाडीमा सवार रहेका ताप्ली गाँपालिका–३ का ४१ वर्षीय सन्तबहादुर मगर, चालक २१ वर्षीय हेम बहादुर मगर र शम्भु मगर समेत गरी तीन जनालाई नियनत्रणमा लिई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: माघ २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend