Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशीलाइन र घण्टाघर छेऊका फुटपाथ ‘क्लियर’

हाम्रो कोशी आवाज
माघ २७ २०७७, मंगलबार
देशीलाइन र घण्टाघर छेऊका फुटपाथ ‘क्लियर’

धरानः र धरान उपमहानगरपालिकाले सडक किनारा, पेटीलगायत क्षेत्रमा मिचेर बिक्रीको लागि राखिएको सामान हटाइएको छ । यस्तै, टिन तेस्याएर फुटपाथ नै मिच्ने गरेर बनाइएका संरचना पनि हटाइएको छ ।
उपमहानगरले मंगलबार माइकिङ समेत गरेको थियो । उपमहानगरले सडक नै पुरै ढाक्ने गरिएका पसलका सामान समेत हटाएको छ ।
धरान उपमहानगरपालिकासहितको अनुगमन टोलीले भानुचोकस्थित घण्टाघर पछाडिको पसलहरुले फुटपाथ मिचेर बनाएको संरचनाहरु हटाएको छ । टोलीले हिजो सोमबारदेखि धरानको बजार क्षेत्रमा फुटपाथ र ड्रेन मिचेर बनाएका संरचनाहरु हटाउन अभियान थालेको थियो ।
इलाका प्रशासन कार्यालय, उपमहानगरपालिका, नगर प्रहरी, जनपथ प्रहरीलगायतको संयुक्त टोलीले फुटपाथ मिचेरका संरचनाहरु हटाइएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।
सार्वजनिक बाटो ओगटेर राखिएका यस्ता पसलले भीडभाड बढ्न गई वस्तीको सौन्दर्यता कमी आउने, विभिन्न रोगका सङ्क्रमणको जोखिम थपिने र व्यापारिक कारोबारमा कर चुहावट हुने भएकाले अभियान शुरु गरिएको बताइएको छ । सोमबार एकैदिन धरान–९ गौतमपथ, नरेन्द्रपथ, भानुचोकआसपासका केही फुटपाथ पसल हटाइएको उनले जानकारी दिए । तस्वीरहरुः लक्ष्मण थापा

 

प्रकाशित मिति: माघ २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend