Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा हराइजन बास्केटबल चैतमा हुने

हाम्रो कोशी आवाज
माघ २९ २०७७, बिहिबार
धरानमा हराइजन बास्केटबल चैतमा हुने

धरानः ‘पाँचौ राष्ट्रिय हराइजन बास्केटबल कप’ यही चैत्र १४ देखि १६ सम्म हुने भएको छ ।
प्रदेश नम्बर १ को एकमात्र राष्ट्रिय बास्केटबल प्रतियोगिता हरेक साल हराइजन क्लब धरानको आयोजनामा, धरान सत्र (१७) समाज हङकङको मुख्य प्रायोजनमा र धरान उपमहानगरपालिकाको संयोजनमा सम्पन्न हुँदै आएको छ । प्रतियोगितामा काठमाण्डौ, पोखरा, धरान, इटहरी बाट जम्मा ८ वटा समूहहरुले सहभागिता जनाउने भएका छन् ।
प्रदेश नं. १ बाट छनौट प्रतियोगितामार्फत आएका पाँचवटा समूहहरु हराइजन क्लब धरान, इमोर्टल क्लब धरान, ब्रोदर्स क्लब धरान, तरहरा बास्केटबल क्लब इटहरी र युवा जागृति क्लब धरानले प्रतियोगितामा सहभागिता जनाउने र काठमाण्डौंंबाट दूई समूह र पोखराबाट एक समूह गरी आठ समूहको सहभागिता हुने आयोजकले जनाएको छ । त्यस्तै, प्रतियोगितामा सहभागी हुने काठमाण्डौ र पोखराको समूहहरुलाई सुविधाको लागि खानबस्न लगायत समूह दर्ता शुल्क नलिने र यस्ता सेवा–सुविधाहरु, नेपालमा आयोजना हुने खुल्ला बास्केटबल प्रतियोगिताहरुमा हराइजन क्लब धरानले मात्र प्रदान गर्दै आएको अध्यक्ष वसन्त राईले जानकारी दिए ।
प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई ५० हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १५ हजार रहेको छ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, नवप्रतिभा पुरस्कार ५ हजार रहेको छ भने खेलकुद सम्बन्धी जनजागरण सोधलेख लेख्ने खेलकुद पत्रकारलाई हरेक साल ७ हजारलगायत दोसल्ला र प्रशंसापत्रले सम्मान गर्दै आएको छ । खेलसँग सम्बन्धित त्यस्ता साहसिक एवम् असाधारण प्रतिभा भएको व्यक्तिलाई पनि हरेक साल १० हजारले सम्मान गर्दै आएको जनाइएको छ । गतसाल सगरमाथा महिला आरोही, देउराली चाम्लिङलाई सम्मान गरिएको थियो । यस्तै, धरान–१७ स्थित, श्री घोपा माविलाई हरेक साल १० हजार बराबरको शैक्षिक सामग्रीहरु प्रतियोगिता समापनको दिन प्रदान गर्दै आएको आयोजकले जनाएको छ ।
गत चैतमा नै आयोजना गरिने भनिएको प्रतियोगिता कोरोना कहरले सरेको थियो । धरान–१७ स्थित होराइजन क्लबको खेल मैदानमा प्रतियोगिता सम्पन्न हुनेछ । २०५१ सालमा स्थापित हराइजन क्लब धरानले राष्ट्रिय बास्केटबल प्रतियोगितालगायत विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायत पर्यावरण सम्बन्धी कामहरु गर्दै आएको जनाइएको छ ।

प्रकाशित मिति: माघ २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend