Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ का तीन जिल्लामा विरोध

हाम्रो कोशी आवाज
माघ ३० २०७७, शुक्रबार
प्रदेश १ का तीन जिल्लामा विरोध

धरानः प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले शनिबारदेखि प्रदेश १ का जिल्लामा विरोध कार्यक्रम राखेको छ ।
शनिबार धनकुटामा, आइतबार तेह्रथुममा र सोमबार सुनसरीमा विरोध कार्यक्रम राखिएको नेकपाले जनाएको छ। तीनै जिल्लाका कार्यक्रमलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दैछन्।
कार्यक्रममा अध्यक्ष नेपालसहित स्थायी समिति सदस्य वर्षमान पुन, स्थायी समिति सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य विष्णु रिजाल लगायतका नेताहरुले सम्बोधन गर्ने तय भएको नेकपाले जनाएको छ।
प्रदेश १ का तीन जिल्लामा हुने विरोधसभा जनसमर्थन आफूतिर तान्न केन्द्रित हुने नेकपाले बताएको छ।

प्रकाशित मिति: माघ ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend