Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज धरानमा देखाइएकोचाहिँ नाटकै हो !

हाम्रो कोशी आवाज
माघ ३० २०७७, शुक्रबार
आज धरानमा देखाइएकोचाहिँ नाटकै हो !

धरानः धरानस्थित रङ्गभूमि एकेडेमीले ‘प्रतिगमन’ नाटक प्रदर्शन गरेको छ ।
देशव्यापीरुपमा कलाकाहरुले समसामयिक संसद विघटनको विरोध गरिरहेको बताउँदै धराने नाटककर्मी एवं निर्देशक विष्णु मोक्तानले धरान-१७ रेल्वेचोकबाट प्रदर्शन गरी धरानको विभिन्न चोकमा नाटक प्रदर्शन गरेको बताए । उनै मोक्तानद्वारा लेखन निर्देशनमा प्रतिगमन मौन नाटक मंगलबारे चोकमा पनि प्रदर्शन गरिएको छ ।
उनी मात्रै होइन उनका टिमका करिष्मा क्षेत्री, गोमा पौडेल, मिलन चाम्लिङ, कृति लिम्बू, निश्चल कुलुङ, मिलन भुजेल, अभिषेक खतिवडा, महेश राई, सुष्मा राई, हरि इभाङलगायतको बुलन्द अभिनयले सजिएको सडक नाटक प्रतिगमनविरुद्धको आवाज भएको उनले बताए । प्रदर्शित स्थानीय जनतालाई गम्भीर बनाएको थियो भने धरानेले अति नै मन पनि पराए । छोटो तथा सन्देशमूलक नाटक हेरेर स्थानीयबासी भावुक मात्रै बनेनन् एकछिन त चोकमा नै सन्नाटा नै छायो ।
देशमा न्यायमूर्तिलाई जब चारैतिरबाट आक्रमण गरेको दृश्य नाटकमा देखाइयो, एकछिन त सबैको होस नै उडायो नाटकले । न्यायमूर्तिको रुपमा भूमिका निभाएकी करिष्माले आफ्नो अभिनयलाई न्याय गरिन् । उनी मात्रै होइन नाटकका सबै कलाकारले आ–आफ्नो पात्रको भरपुर अभिनय गरेका छन् ।
न्यायमूर्तिले खेल्नुपर्नै भूमिका र उनै न्यायालयलाई पावर पहुँचवालाहरुले गर्न खोज्ने दुरुपयोगको बाबजुत पनि नाटककार क्षेत्रीले खेल्नु भूमिमा एकरत्ति पनि टसमस भइनन् । उनी मर्न तयार भइन् तर न्यायालयलाई मर्न भने नदिएको दृश्यमा देखाइएको थियो । देशको हालको परिस्थिति हेर्दा पावरवालाहरुले तहसनहस बनाउन लागिपरेका र त्यस कार्यको लागि न्यायालयलाई नै बन्धक बनाउन खोजेको भाव नाटकमा प्रष्ट देखिएको थियो । नाटकमा जनताको हरेक हक–अधिकारलाई देशी–विदेशी शक्तिले हर्न खोजेको र त्यसमा यही राष्ट्रका राष्ट्र प्रमुखहरु अन्यको इशारामा चलिरहेको देखाइएको थियो ।
जहाँ नाटककार मोक्तानले ध्वनीको संकेतले साकेतिक दृश्यलाई प्राथमिकताको साथ चलायमान बनाएका थिए । त्यही ध्वनीका संकेतले प्रष्ट देखिन्थ्यो कि यो राष्ट्रमा बस्ले के के गर्दैछन् ?
यो राष्ट्रका न्यायलयदेखि नागरिक समाज, लुटेरादेखि सर्वसाधारण जनताले गर्दै आएको आ–आफ्नो पहलकदमीको भावले रेल्वेचौक नै सन्नाटामा डुबेको थियो । अहिले देशका ल्यायलयलाई शक्तिले कसरी दोहन गरिरेको दृश्यले त सबै दर्शकको मुख खुलेकै खुल्यै बनाइदियो ।
उता निर्दैशक मोक्तानले विदेशी शक्तिले स्वदेशी नेतृत्वकर्तालाई कसरी आफ्नो आडका देशविरुद्ध परिचालन गर्दाे रहेछ भन्ने कुराको आभाष आफ्नो अभिनयबाट समेत गराएको बताएका छन् ।
नाटक क्षेत्रमा दशकौ समय बिताएका मोक्तान यो नाटक धरानका हरेक चोकचोकमा मञ्चन गर्ने समेत बताएका छन् । आज नै धरान-११ मंगलबारे चोक, धरान-१५ पिण्डेश्वरी चोक, धरान-८ बरगाछी, धरान-१८ बुद्ध चोक, धरान-१३ अमरहाट चोक लगायतका चोकहरुमा मञ्चन गरिने मोक्तानले जानकारी दिएका छन् ।


धरानस्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको बाल संसारमा रमाउँदै बालबालिका र सेल्फीमा रमाउँदै युवती ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: माघ ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend