Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरान उपमहानगरले ज्युँदैमा मूल्याङ्कन गरेकोमा गौरवान्वित छु’

हाम्रो कोशी आवाज
फाल्गुन ६ २०७७, बिहिबार
‘धरान उपमहानगरले ज्युँदैमा मूल्याङ्कन गरेकोमा गौरवान्वित छु’

धरानः धरानका अग्रज पत्रकार गिरिराज आचार्यको नाममा सिजनशील पत्रकारिता पुरस्कार कोष स्थापना भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईको तलबभत्ताले उनको नामबाट सिर्जनशील पत्रकारिता कोष स्थापना भएको हो ।
२०३४ सालमा नेपाल पत्रकार संघ सुनसरीको जिल्ला शाखा गठनमा उनको भूमिका थियो । संघको पहिलो जिल्ला सभापति उनी नै बनेका थिए । पत्रकार संघ नै पछि देशभर नेपाल पत्रकार महासंघ बनेको हो । आचार्यकै पहलमा श्रमजीवी पत्रकारहरुको पहिलो संगठन प्रेस युनियनको जिल्ला शाखा पनि गठन भएको थियो । २०२८ सालदेखि नै राजनीति र पत्रकारिता शुरु गरेका उनी भद्रशैलीका व्यक्तिका रुपमा चिनिन्छन् ।
२०४० सालदेखि हालसम्म निरन्तररुपमा पूर्व टाइम्स साप्ताहिक प्रकाशन गरिरहेका उनी धरान र देशभरकै पत्रकारिताको जग बसाल्न ठूलो भूमिका खेलेका छन् । उनको नाममा एक लाख ५० हजार रुपैयाँको पत्रकारिता पुरस्कार कोष स्थापना भएको छ । उनी भन्छन्, ‘धरान उपमहानगरपालिकाले ज्युँदैमा मूल्याङ्कन गरेकोमा गौरवान्वित छु ।’
हेरौं, सुनौं भिडियोः

प्रकाशित मिति: फाल्गुन ६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend