Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विजयपुर जाने बाटोमा ‘धार्मिक सौन्दर्यकरण’ गरिने

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०७७, शुक्रबार
विजयपुर जाने बाटोमा ‘धार्मिक सौन्दर्यकरण’ गरिने

धरानः धरान-१४ विजयपुरमा दुईधारेदेखि दन्तकाली मन्दिरसम्म २६० मिटर लम्बाइ भएको रेलिङ मार्ग निर्माण गरेको धरानस्थित विजयपुर आध्यात्मिक मञ्चले फेरि सो ठाउँलाई सिगार्ने भएको छ ।
सिंहदेवी चोकदेखि दुई धारेपथ हुँदै विजयपुर चोकसम्मको रेलिङमार्गमा धार्मिक सौन्दर्यकरण गरिने मञ्चका महासचिव उद्धवप्रसाद अधिकारीले जानकारी दिए । ‘त्यो बाटोमा धार्मिक सौन्दर्य झल्किने अन्य थप कार्यहरु गर्दै जानेछौं’, उनले भने, ‘त्यो बाटो हिँड्दै गर्दा पनि हामी धार्मिक ठाउँतिर गइरहेका छौं भन्ने भान हुनेछ ।’
मञ्चको २२ औं साधारणसभामा उनले सो कुराको जानकारी दिएका हुन् । शुक्रबारको बन्दसत्र भने संख्या नपुगेर स्थगित भएको छ । सो साधारणसभा ९ गतेलाई सारिएको महासचिव अधिकारीले जानकारी दिए । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सभामुख भण्डारीले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष पितरुमल अग्रवालले गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष नैनकला न्यौपानेले गरेकी थिइन् भने वार्षिक प्रतिवेदन एवम् मञ्चको ऐतिहासिक पृष्ठभूमिका बारेमा मञ्चका महासचिव उद्धवप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए ।
साधारणसभामा धरान–७ निवासी पण्डित गोविन्दप्रसाद निरौलालाई अभिनन्दनपत्रले सम्मान गरिएको थियो भने नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष एवम् पण्डित पुरुषोत्तम भट्टराई र उपप्राध्यापक दीपक पराजुलीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा विश्व हिन्दू परिषद्का केन्द्रीय अध्यक्ष देवराज अधिकारी, मारवाडी महिला मञ्चकी धरान अध्यक्ष अनिता अटल, अन्तर्राष्ट्रिय कृष्ण भावनामृत स्कोन धरानका सचिव सरोज ढुङ्गेल, अधिवक्ता विनोद नेपाल, सप्तकोशी आश्रम चतराधामका सचिव जयप्रसाद निरौलालगायतको उपस्थिति थियो ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: फाल्गुन ७ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend