Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फरक क्षमता भएका बहिरा क्रिकेट संघको साधारणसभा

हाम्रो कोशी आवाज
फाल्गुन ८ २०७७, शनिबार
धरानमा फरक क्षमता भएका बहिरा क्रिकेट संघको साधारणसभा

धरानः सुनसरी बहिरा (फरक क्षमता) क्रिकेट संघको छैठौं साधारणसभा धरानमा सम्पन्न भएको छ ।
राष्ट्रिय बहिरा क्रिकेट संघका अध्यक्ष मोहन तिवारीको प्रमुख आतिथ्य र सुनसरी बहिरा क्रिकेट संघका अध्यक्ष भानु आचार्यको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी तिवारीले बहिराहरुको क्रिकेट खेल विकासका लागि आफूले राष्ट्रिय अभियान सञ्चालन गरेको र बहिराहरुको ११ औं क्रिकेट प्रतियोगिता निकट भविष्यमा सञ्चालन हुने जानकारी दिए । अहिलेसम्म बहिरा महिलाहरुको प्रतिनिधि क्रिकेट मा नभएको कुरामा पुनर्विचार गरी विधानमा संशोधन गर्ने सोच रहेको उनले बताए ।
निकट भविष्यमा नै प्रदेश १ स्तरको बहिरा क्रिकेट समिति समेत गठन गर्न छलफल चलाउने उनले बताए । सुनसरी बहिरा क्रिकेट संघले छोटो समयमा धेरै प्रगति गरेकोमा उनले धन्यवाद ज्ञापन गरे ।
संघका अध्यक्ष भानुलाल आचार्यले कोरोनाका कारण खेलाडीहरुमा परेको नकारात्मक प्रभावलाई अब चिर्दै तालिमको ब्यवस्था चाँडै नै गर्ने, सुनसरी जिल्लाका विभिन्न नगरपालिकाहरुमा रहेका क्रिकेटप्रेमी बहिरा खेलाडीहरुलाइ प्रोत्साहित गरी अगाडि बढाइने उनले बताए । क्रिकेट तालिमका लागि आवश्यक आर्थिक सहयोगका लागि स्थानिय निकायहरुमा प्रस्ताव लैजाने समेत उनले बताए । राष्ट्रिय क्रिकेट संघले निकट भविष्यमा सञ्चालन गर्न लागेको ११ औं क्रिकेट प्रतियोगितामा सुनसरी बहिरा क्रिकेट संघले सक्रियतापूर्वक सहभागिता जनाउने उनले जानकारी दिए ।
दुई सत्रमा सञ्चालन भएको साधारण सभामा संघका महासचिव महेन्द्र लिम्बूले संघ ले आव २०७६–७७ मा गरेका विभिन्न कार्यहरुको प्रगति विवरण पेश गरेका थिए भने कोषाध्यक्ष निरज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । कार्यक्रमको सञ्चालन र दोभाषेको कार्य संघका सल्लाहकार विदुर पौडेलले गरेका थिए ।
तस्वीरः विदुर पौडेल

प्रकाशित मिति: फाल्गुन ८ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend