Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगर जसरी पनि धरानेलार्ई पानी खुवाउने पक्षमा !

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७७, मंगलबार
धरान उपमहानगर जसरी पनि धरानेलार्ई पानी खुवाउने पक्षमा !

धरानः खानेपानीको बारेमा धरान उपमहानगरका पदाधिकारी र बीपी कोइराला प्रतिष्ठानका पदाधिकारीबीच छलफल भएको छ ।
मङ्गलबार बसेको दुई पक्षीय छलफलबाट प्रतिष्ठान सैद्धान्तिकरुपमा धरान खानेपानी व्यवस्थापन बोर्डसँग सहकार्य गरेर अघि बढ्ने भएको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्डले हाल संस्थान र आयोजनाको संरचना प्रयोग गरेर धरानबासीलाई पानी वितरण गर्न लागिपरेको छ ।
धरान उपमहानगरका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनाल, विपद तथा वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे र आयोजना बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलसहितको टोलीले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर, रजिष्ट्रार र प्रतिष्ठानका इञ्जिनियरहरुसँग खानेपानीको बारेमा छलफल गरेका हुन् ।
धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले प्रतिष्ठानका पदाधिकारीहरुसँग खानेपानीको बारेमा छलफल गरिएको जानकारी दिए । उनका अनुसार विशेषगरी प्रतिष्ठानको मातहतमा रहेका संरचनालगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति: फाल्गुन ११ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend