Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उमपहानगपालिका घेराउ

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७७, बिहिबार
धरान उमपहानगपालिका घेराउ

धरानः धरान उपमहानगरपालिकामा झडप भएको छ ।
दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समिति र प्रहरीबीच केहीबेर झडप भएको हो । बिहानैदेखि तैनाथ प्रहरी र संघर्ष समितिका समूहबीच झडप भएको हो । धरान उपमहानगरपालिका घेराउ र मेयर उपमेयरलाई ज्ञापनपत्र बुझाउने समूहबीच झडप भएको हो । मुख्य गेटबाट प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेपछि यस्तो स्थिति सिर्जना भएको हो ।
संघर्ष समितिले नगरपालिका घेराउ गर्न आउने भनेर पूर्व सूचना पाएको प्रहरीले त्यहाँ प्रहरी, जनपद प्रहरी र उपमहानगरपालिकाका प्रहरी खटाएको थियो ।
उपमहानगरपालिकामा मेयर र उपमेयर छैनन् भन्ने सूचना पाएपछि सो समूह झडपपछि नारा र जुलुससहित बजारका विभिन्न ठाउँमा पुगेका थिए ।
उनीहरुले भ्रष्ट नगरपालिका मुर्दावाद’, पानी माफिया मुर्दावाद, आयुडिपी चाहिँदैनलगायतका नारा पनि लगाएका थिए ।  उपमहानगरपालिकाअगाडिबाट निस्किएको रयाली छाताचोक, भानुचोक हुँदै अन्य ठाउँमा पनि पुगेको थियो । खानेपानीको समस्या भोगिरहेका धराने जनताहरुको समस्या समाधान नभएको, ६ वर्षअघि पैसा तिरेपनि अहिलेसम्म धारा नपाएको, अस्वभाविकरूपमा पानीको बिल तिर्नुपरेको लगायतको समस्याहरु रहेको जनाउँदै समिति आन्दोलनरत रहेको समितिका अगुवा हर्क साम्पाङले जानकारी दिए । तस्वीरहरुः दीपेश राई, हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन २० २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend