Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मानव ओसारपसार र जबरजस्ती करणी मुद्दामा फरार महिला पक्राउ

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७७, बिहिबार
मानव ओसारपसार र जबरजस्ती करणी मुद्दामा फरार महिला पक्राउ

बिर्तामोडः फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
मानव ओसारपसार र जबरजस्ती करणी मुद्दामा कैद फैसला भई फरार महिला पक्राउ परेकी हुन् । झापा गौरीगञ्ज–६ की २६ वर्षीया रविना राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध २०७६ साल असार ३० गते जिल्ला अदालत झापाले मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा ११ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । तर, उनी अदालतको फैसलाअघि नै उनी फरार थिइन् ।
उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइएको र पीसीआर परीक्षणको रिपोर्ट आएपछि कारागार पठाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २० २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend