Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गोधुली कप शुरु

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०७७, शनिबार
धरानमा गोधुली कप शुरु

धरानः धरानमा गोधुली रनिङ फुटबल प्रतियोगिता शुरु भएको छ ।
२१ औं संस्करण पुगिसकेको धरानको चर्चित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन वडा नं १७ का वडाअध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) ले गरेका छन् । कार्यक्रममा विशेष अतिथि एवं एन्फा १ नम्बर प्रदेश अध्यक्ष किशोर राई रहेका थिए ।
धरान–१६ स्थित रंगशालामा भएको खेलमा वडा नं ७ र वडा नं १६ बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा वडा नं. १६ ले विजयी सुरुवात गरेको छ ।
साविकको उपविजेता १६ नं. वडाले ७ नं. वडालाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १६ नं. वडा १–० ले पछि परेको थियो । वडा नं. ७ का लागि विनेश तुलाधरले गोल गरेका थिए । १६ नं. वडाका लागि मन्दिप बस्नेतले ह्याट्रिक गरेका थिए । १६ नं. वडाका सविन राई र लोकेन लिम्बूले एक–एक गोल गरे । ७ नं. वडाका गोल किपरले प्रहार गरेको बल १६ नं. वडाका लोकेन लिम्बूलाई लागेर फर्कदा गोल भएको थियो ।
खेलको म्यानअफ द म्याच समेत घोषित भएका थिए । १६ नं. वडाले अब ६ नं. वडासँग खेल खेल्नेछ । भोलिको खेल वडा नं. ३ र वडा नं. ८ का बीच हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले रनिङ ट्रफीसँगै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउनेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रकाशित मिति: फाल्गुन २२ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend