Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा फेरि आगलागी

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७७, बिहिबार
ताप्लेजुङमा फेरि आगलागी

ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका ५ मा दिउँसो भएको आगलागिबाट एक घर जलेर नष्ट भएको छ ।
सदरमुकाम फुङलिङ बजारनजिकै पर्ने उकालीपानीका सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो । दिउँसो घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको हो ।
आगलागीबाट २ लाख भन्दा बढीको क्षति भएको प्रहरीले बताएको छ । आगलागीबाट नगद ८० हजार, ३० हजार बराबरको अन्नपात, लत्ताकपडा लगायतका सामान र करिब १ लाख ५० हजार बराबरको कच्ची घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २७ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend