Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गोविन्दचन्द क्षेत्रीलाई मोती पत्रकारिता पुरस्कार, गीताकुमारीलाई केटो

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७७, बिहिबार
गोविन्दचन्द क्षेत्रीलाई मोती पत्रकारिता पुरस्कार, गीताकुमारीलाई केटो

बिर्तामोडः नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द क्षेत्रीलाई प्रदान गरिने भएको छ ।
त्यस्तै, केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीताकुमारी ढुंगानालाई प्रदान गरिने भएको छ । बिहीबार पुरस्कार छनौट समितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशी क्रमशः ५१ हजार र १५ हजार रुपैयाँ रहेको छ । महासंघले हरेक तीन वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।
महासंघ झापाका अध्यक्ष तथा पुरस्कार छनौट समितिका संयोजक तारामणि सापकोटाको अध्यक्षतामा छनौट समितिका सदस्यहरु महासंघका उपाध्यक्ष एकराज गिरी र भीमा शिवाकोटी, सचिव सन्तोष आचार्य र कार्य समिति सदस्य रञ्जित प्रसाईको उपस्थितिमा भएको बैठकले पुरस्कृत व्यक्तित्व छनौट गरेको हो ।
७७ वर्षको उमेरमा पनि छेत्री हाल दि हिमालयन टाइम्स अंग्रेजी पत्रिकामा झापाबाट रिपोर्टिङ गर्छन् भने भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकको प्रकाशक सम्पादक रहेका छन् । ५२ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पूर्वाञ्चल दैनिकका संस्थापक सम्पादकसमेत हुन् ।
केटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागिकी ढुंगाना दमकबाट प्रशारित हिमशिखर टेलिभिजनमा आवद्ध छन् । उनी एक दशकदेखि पत्रकारितामा क्रियाशील छिन् । उक्त पुरस्कार फागुन २९ गते शनिवार बिर्तामोडको रामचोकस्थित देवी पाटी प्यालेसमा आयोजना हुने समारोहका बीच वितरण गरिने बताइएको छ ।
कार्यक्रम नेपाल पत्रका महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको विशेष आतिथ्यमा हुने बताइएको छ । पत्रकार महासंघ झापाले नेपालका पहिलो पत्रकारका रुपमा सम्मानित मोतिराम भट्टको स्मृतिमा मोति पत्रकारिता पुरस्कार र मेची अञ्चलकै पहिलो पत्रिका श्यामकृष्ण उपाध्याय सम्पादक तथा प्रकाशक रहेको ‘केटो’मासिकको नामबाट केटो पत्रकारिता पुरस्कार स्थाना गरेको हो ।

प्रकाशित मिति: फाल्गुन २७ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend