धरानः धरानमा बुद्धिचालका खेलाडीलाई विदाइ गरिएको छ ।
उनीहरुलाई एक कार्यक्रमका बीच विदाइ गरिएको हो । भक्तपुर नगरपालिकाले यही २९ गतेदेखि चैत ३ गतेसम्म आयोजना गरेको देशव्यापी बुद्धिचालक प्रतियोगिता आयोजना गर्दैछ ।
टिम म्यानेजर कुरन लिम्बू, खेलाडीहरु सुकदेव राई, हिमाल राई, यमकुमार कार्की, प्रेम लिम्बू र रमेश गुरुङको विदाइ गरिएको जिल्ला बुद्धिचालक संघ सुनसरीका अध्यक्ष शंकुकर्ण श्रेष्ठले जानकारी दिए । खेलाडीहरुलाई टयाकसुक पनि वितरण गरिएको उनले जानकारी दिए ।
धरान उपमहानगरपालिकाले खाना, यातायात र प्रवेश शुल्क गरेर ४६ हजार रुपैयाँ प्रदान गरेको छ । प्रतियोगितामा पहिलो हुनेले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख, ५० हजार पाउनेछन् भने ५ हजार रुपैयाँ बोर्ड पुरस्कार, मेडल, सर्टिफिकेट पाउनेछन् ।