Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवाले खोले मासु बजार डटकम

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७७, शनिबार
धरानका युवाले खोले मासु बजार डटकम

धरानः धरानमा मासु बजार डटकम सञ्चालनमा आएको छ । स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले धरान १७ स्थित रेल्वेमा एक युवाले मासु बजार डटकम सञ्चालनमा ल्याएका हुन् ।
धरानका मेयर तिलक राईले मासु बजार डटकमको शुभारम्भ गरेका छन् । सञ्चालक अरुण राईले मासु बजार डटकम ४ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको जानकारी दिए । सञ्चालक राईका अनुसार अहिले खसी, कुखुरा र अण्डा पाईन्छ भने फ्रि होम डेलिभरीको पनि व्यवस्था छ । सफा र ताजा मासु सुलभ मूल्यमा बिक्री गरिने उनले बताए । मासु बजार डटकम सञ्चालनमा आएलगत्तै केही युवाहरुले रोजगार पनि पाएका छन् । आगामी दिनमा राँगा र लोकल कुखुराको मासु पनि थप्ने उहाँले जानकारी दिए ।
मेयर राईले धरान–१७ दिनदिनै बजारीकरण हुँदै गएको बताउँदै यहाँका स्थानीयबासी, टोलबासीहरु, वडाबासीहरु बजार खोज्नका लागि अन्यत्र जान जरुरी नभएको बताए । ‘यहाँ हरेक चिजको उपलब्धता छ, सब्जी, हार्डवेयर, किराना समान, फलफूल, मासु, खाद्यान्न, चियानास्ता सबै कुरा छ,’ उनले भने । मानिसहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ताजा, सफा र सुरक्षित मासु बिक्री-वितरण गर्न मेयर राईले आग्रह गरे ।
बजारको अवस्था, जनताको अवस्थालाई बुझेर व्यापार गर्न खोजिरहेको बताउँदै मेयर राईले सञ्चालक लगायत टिमलाई शुभकामना दिँदै व्यापार–व्यवसाय गर्दा कानुनी प्रक्रिया पुरयाएर गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति: फाल्गुन २९ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend