Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा भएको पूर्वाञ्चल स्टारमा २० प्रतियोगी छानिए (३४ तस्वीर र भिडिओ)

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७७, शनिबार
धरानमा भएको पूर्वाञ्चल स्टारमा २० प्रतियोगी छानिए (३४ तस्वीर र भिडिओ)

धरानः धरानमा आयोजित ‘पूर्वाञ्चल सिङगीङ स्टार’ मा २० जना प्रतियोगी छनौटमा परेका छन् ।
पूर्वाञ्चल बागिना कला केन्द्र धरानको आयोजनामा धरान–१२ स्थित होटल स्टार पूर्वीमा आयोजित प्रतियोगितामा २० जना प्रतियोगी छनौटमा परेका हुन् ।
८ औं संस्करणको प्रतियोगितामा ३४ जना दोस्रो चरणको अडिसनमा छनौटमा परेका थिए । तेस्रो चरणको अडिसनबाट ३४ जनाबाट २० जना छनौटमा परेका हुन् ।
प्रदेश १ का विभिन्न जिल्ला प्रतियोगी छनौट भएका हुन् । प्रतियोगितामा सुनसरीकी निशा खपाङ्गी, सोनिया मुर्मु, सुवास श्रेष्ठ, निशा तामाङ, सन्तोष लिम्बू, रिजन लोहनी, कल्पना तामाङ, अजुमा राई, प्रेरणा राई छनौटमा परेका छन् । यस्तै, टप २० का लागि बालिका स्टार बनेकी धरान सुनसरीकी हेमा राई सिधै छनौटमा परिन् । यस्तै, धनकुटाका देवेन्द्र मादी, पवित्रा राई, भोजपुरका निशान गजमेर, साजन राई, बबिता गुरुङ छनौटमा परेका छन् भने मोरङकी अनुष्का ढकाल छानिएकी छिन् । यस्तै, पाँचथरका अर्जुन राई, उदयपुरका अर्जुन राई छनौटमा परेका हुन् ।
प्रतियोगिताको निर्णायकमा गायक तथा संगीतकार विशाल राई, मनोज मोते थिए । चौथो वा अन्तिम अडिसन मङ्गलबार आयोजना हुने आयोजक संस्थाका संयोजक भक्तिराज राईले जानकारी दिए ।
बिजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, एक म्युजिक भिडियो तयार गर्ने अवसर र एकथान गिटार पाउनेछन् । यस्तै, एक वर्ष निःशुल्क संगीत सिक्ने अवसर प्राप्त गर्नेछन् । यसैगरी, दोस्रो र तेस्रोले क्रमशः नगद २५ हजार, १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना र ३ महिना निःशुल्क संगीत सिक्ने अवसर र सबैले एकथान गिटार पाउनेछन् । विद्यागत पुरस्कारतर्फ वेष्ट भोकल, वेष्ट डिस्प्लिन, वेष्ट परफमेन्स र वेष्ट पब्लिक च्वाइस अवार्ड प्रदान गरिने छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन २९ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend