Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सियोन फुटसल टुर्नामेन्ट सकियो

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७७, शनिबार
धरानमा सियोन फुटसल टुर्नामेन्ट सकियो

धरानः सियोन मेथोडिष्ट चर्च धरान–१६ ले आयोजनाा गरेको ‘तेस्रो सियोन फुटसल टुर्नामेन्ट–२०७७ सम्पन्न भएको छ ।
बिहीबार शुरु भएको यो प्रतियोगितामा २० वटा टिमले समभागी भएका थिए । आज साइरेनी चर्च र होसन्ना बप्तिष्ट चर्च, हिसप दशघरे र अनुग्रह चर्च धरानका टिमहरुबीच भएको सेमीफाइनल खेलबाट फाइनल खेलमा प्रवेश गरी हिसप चर्च दशघरेलाई ०–१ गोलले हराउँदै होसन्ना बप्टिष्ट चर्च विजयी बनेको छ ।
विजयी टिमलाई प्रतियोगिताका प्रमुख अतिथी घरान उपमहानगरपालिकाका प्रमुख मेयर तिलक राईले नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । यस्तै, उपविजेता टिम हिसप चर्च दशघरेलाई नगद १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
फाइनल खेलअघि धरानभरीका मण्डलीहरुको गुरुबाहरुबीच रोचक मैत्रीपूर्ण खेल भएको थियो । यस प्रतियोगितामा हाइस्कोरमा मौसम पुवार मगर, न्यू लाइभ चर्च बेष्ट किपरमा अर्जुन श्रेष्ठ, होसन्ना बप्तिष्ट चर्च बेष्ट प्लेयरमा सिर्जन राई हिसप दशघरेले प्राप्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेयर राईले धरानलाई खेलकुद शहर भनिने गरेको बताए । फुटसलले गर्दा धरानको खेलकुदमा थप उर्जा मिलेको उनले बताए । ‘फुटसलको गतिविधिले गर्दा धरानलाई फेरि पनि यो धरान खेलकुदको नगरी हो, खेलकुदको राजधानी हो र धरानमा बहुसंख्यक खेलाडीहरु छन् भन्ने प्रमाणित गरेको छ,’ उनले भने । फुटसल प्रतियोगिताले धरानलाई खेलकुदको शहरको रुपमा स्थापित गर्न सहयोग पुग्ने मेयर राईले बताए । सियोन मेथोडिष्ट चर्चका पाष्टर तथा यस प्रतियोगिताका जेनेरल मेनेजर रेभ खड्गबहादुर थापाले सबै बिजेता समूहलाई बधाइ ज्ञापन गर्दै प्रतियोगितालाई सफल बनाउने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति: फाल्गुन २९ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend