धरान-११ निवासी निषा खपाङ्गी गीत गाउन खप्पिस छिन् । कक्षा–४ मा पढ्दादेखि नै गीत गाउन थालेकी उनी हाल धरान–११ स्थित श्री ज्ञानोदय माविमा पढ्छिन् ।
कक्षा–११ मा अध्ययरत् निषाले भविष्यमा गायिका बन्ने लक्ष्य राखेको बताइन् । ‘अहिले सबैले मैले गाएको मन पराउँछन्, मेरो भविष्यको लक्ष्य नै गायिका बन्ने हो’, उनले भेटमा भनिन् ।
बाबु सूर्य र आमा रोजिना खपाङ्गीकी छोरी उनी जुनसुकै गीत गाउन सक्छिन् । दिदी, दाजुहरुले गीत गाएको देखेर यस क्षेत्रमा होमिएकी उनी सङ्गीतकक्षा लिने सुरसारमा रहेको बताउँछिन् । ‘मैले सङ्गीत कक्षा लिएको छैन तर पनि धेरैले राम्रो गाउन सक्छौं भनिदिन्छन्’, उनले थपिन्, ‘तर केही महिनापछि म सङ्गीतकक्षा पनि लिन्छु ।’