धरानः बराह ग्रुप बास्केटबल प्रतियोगितामा डिपो क्याम्पस छात्रा र छात्र, सियोन स्कुल छात्र र छात्रा, महेन्द्र क्याम्पस र विकेभिएम विराटनगर सेमीफाइनल प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा पुरुषतर्फ डिपो क्याम्पसले धरान आदर्श कलेजलाई ३०–१०, सियोन स्कुलले हात्तिसार स्कुललाई ३२–३१, महेन्द्र कलेजले मेघा कलेजलाई २१–२२ र विकेभिएमले विष्णु मेमोरियलाई ४१–१३ अंकको अन्तरले पराजित गरेका थिए ।
त्यस्तै, छात्रातर्फको खेलमा डिपो स्कुलले विकेभिएमलाई २३–१० अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् । बुधबारदेखि सुरु हुने सेमिफाइनल खेलमा छात्रतर्फ सियोन स्कुल र डिपो क्याम्पस, महेन्द्र कलेज र विकेभिएमबीच प्रतिश्पर्धा हुनेछ ।
त्यस्तै, छात्रातर्फ हात्तिसार क्याम्पस र विष्णु स्कुल, डिपो र सियोन स्कुलबीच प्रतिस्पर्धा हुने बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाले जानकारी गराए । धरान बास्केटबल संघको आयोजना तथा बराह गु्रपको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिता धरान–१२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा भइरहेको छ ।
तस्वीरः सञ्जय याक्खा