Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

८ महिनामा ४ हजार ६ सय ८९ मुद्दा दर्ता

हाम्रो कोशी आवाज
चैत्र ४ २०७७, बुधबार
८ महिनामा ४ हजार ६ सय ८९ मुद्दा दर्ता

विराटनगरः संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस आर्थिक वर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ मुद्दा दर्ता र २७ करोड भन्दा बढी राजश्व संकलन भएको छ ।
संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउनेतर्फ विशेष ध्यान दिई समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक ब्यवस्थापनमा प्रभावकारीरुपमा प्रहरी परिचाल भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।
यस आर्थिक वर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ५३९ जना फरार प्रतिवादी पक्राउ गरी ६४२ वर्ष कैद भुक्तान भई , २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी लागूऔषध नियन्त्रणतर्फ विशेष ध्यान दिई ब्यापकरुपमा प्रहरी परिचालन गरेअनुसार १६५१.६८१ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ भने ११३१.७९० केजी गाँजा बरामद भएको छ । यसैगरी विभिन्न मनोद्धिपक क्याप्सुल ३४ हजार ९५९ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ५ हजार ३०५ एम्पुल बरामद भएको छ ।
अन्य विभिन्न किसिमका मनोद्धिपक औषधिहरु १ हजार ८६४ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ५४१ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकासीतर्फ अवैधरुपमा सामान चोरी निकासी गर्ने १४२ जना मानिस पक्राउ गर्नुका साथै १३ करोड १८ लाख ६ हजार ८०६ रुपैयाँ राजश्व संकलन भएको छ ।
यस्तै, नदीजन्य पदार्थको अवैधरुपमा दोहन गर्ने १४० जना मानिस र ५९८ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ४५ लाख ६६ हजार ७२० राजश्व संकलन भएको छ ।
यसैगरी अवैध काठ चोरी निकासी गर्ने ४१ जना मानिस पक्राउ गर्नुका साथै २०३७ क्यू.फिट. काठ बरामद गरी ३० लाख ९५ हजार २०० रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यवस्थापनतर्फ यस आर्थिक वर्षको ८ महिनामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ७९ हजार ३४९ वटा सवारी साधनलाई कारवाही गर्दा ११ करोड १७ लाख २६ हजार राजश्व संकलन भएको छ ।
यसरी यसै आर्थिक वर्षको ८ महिनामा मात्र कुल २७ करोड १५ लाख ३७ हजार ४७० राजश्व संकलन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र ४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend