धरानः धरान–१२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा भइरहेको बराह ग्रुप बास्केटबल प्रतियोगिताको फाइनलमा छात्रतर्फ डिपो कलेज र महेन्द्र कलेज र छात्रातर्फ डिपो र विष्णु मेमोरियल प्रवेश गरेको छ ।
बिहीबार भएको छात्रतर्फको सेमिफाइनल खेलमा डिपो स्कुलले सियोन स्कुललाई ५१–२५ र महेन्द्रले विकेभिएम विराटनगरलाई ५०–४५ अंकको अन्तरले पराजित गरेको थियो । त्यस्तै, महिलातर्फ डिपोले सियोन स्कुललाई २८–१४ र विष्णु मेमोरियलले हात्तिसार कलेजलाई ९–११ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
छात्रतर्फको खेलमा डिपो स्कुल र सियोनले प्रत्येक क्वाटरमा २–१०, १०–१५, ८–१० र ५–१६ अंक र महेन्द्र कलेज र विकेभिएमले १९–४, १२–१९, १०–१५ र ९–७ जोडेका थिए । छात्रातर्फको खेलमा विष्णु मेमोरियल र हात्तिसार कलेजले ४–२, २–१, २–४ र १–४ अंक र डिपो र सियोन स्कुलले ८– ३, १२–७, ५–० र ३–४ अंक जोड्न सफल भएका थिए ।
शुक्रबार हुने फाइनल खेलमा छात्रतर्फ डिपो कलेज र महेन्द्र र छात्रातर्फ डिपो कलेज र विष्णु मेमोरियलले प्रतिस्पर्धा गर्नेछ ।
विजेता टिमले छात्रतर्फ नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । छात्रातर्फको बिजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगीताका उत्कृष्ट खेलाडिले नगद २ हजार, हाइ स्कोररले नगद १ हजार रुपैयाँ र राइजिङ प्लेयरले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
तस्वीरः तनु राई
