Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गोधुली कपः धरान-१४ पहिलोपल्ट बिजेता

हाम्रो कोशी आवाज
चैत्र ७ २०७७, शनिबार
गोधुली कपः धरान-१४ पहिलोपल्ट बिजेता

धरानः २१ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ । पहिलोपल्ट फाइनल खेल्दै उसले उपाधि जितेको हो ।
धरान रंगशालामा सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर १६ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै वडा १४ ले उपाधि जितेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । त्यसपछि थप भएको १५ मिनेट समयमा पनि निर्णायक गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
उपाधीसँगै वडा नं. १४ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद र ट्रफी समेत जितेको छ । यस्तै, उपविजेता १६ नं. वडाले नगद ५५ हजार ५ सय ५५ रुपैया नगद र ट्रफी जितेको छ ।
टाइब्रेकरमा १४ नं. वडाका विवेक राई, सन्दीप राई, सुशन तामाङ र नाहिर श्रेष्ठले गोल गरे भने मिन श्रेष्ठको प्रहार १६ नं. वडाका गोल किपरले रोकेका थिए । त्यस्तै, १६ नं. वडाका अमर श्रेष्ठ, सरोज लकान्द्री र लाकेन लिम्बूले गोल गर्दा क्याप्टेन सविन राई र खुसीमान लिम्बूले गोल गर्न सकेनन् ।
निर्धारित समयको खेलमा १६ नं. वडाले दुई पटक अग्रता जोगाउन नसक्दा हार बेहोर्नु परेको थियो । १६ नं. वडाका शैलेन्द्र नेपालले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । एक गोलले अघि रहेको १६ नं. वडाका डिफेन्सले डि एरियामा हेण्ड गरेपछि १४ नं. वडाले पेनाल्टीको अवसर पाएको थियो ।
पेनाल्टीमा विवेक राईले गोल गरेर खेललाई बराबरीमा पु¥याए । १६ नं. वडाका मन्दिप बस्नेतले गोल किपरलाई समेत बिट गर्दै गोल गरेपछि फेरी टोली २–१ को स्थितिमा पुगेको थियो । खेलमा १४ नं. वडाले पाएको फ्रिकिकलाई नाहिर श्रेष्ठले गोलमा परिणत गरी खेल बराबरीमा पुरयाए । त्यसपछि थप समयसम्म गोल नभएपछि टाइब्रेकरबाट १४ नं. वडाले खेल जित्यो ।
कपको विजेता तथा उपविजेता दुवै टोलीलाई थप २५ हजार नगद पुरस्कार समेत वितरण गरिएको थियो । वडा नं. १८ का अध्यक्ष प्रविण राईले आफ्नो तर्फबाट दुवै टोलीलाई २५–२५ हजार नगद पुरस्कार दिएका थिए । १६ नं. वडाका विवेक राईले प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै नगद ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार जितेका छन् ।
फाइनल खेलको म्यान अफ द म्याच १४ नं. वडाका नाहिर श्रेष्ठ घोषित भए । उनलाई ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी वेष्ट गोल किपर राजिव खड्का, बेष्ट कोच पर्वत राई, वेष्ट डिफेन्स आशिष पुरी समेत १६ नं. वडाकै खेलाडी हुन् । उनीहरुलाई नगद ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको बेष्ट स्टाइकर १६ नं. वडाका मन्दिप बस्नेत, बेष्ट मिडफिल्ड १६ नं. वडाका लाकेन लिम्बू, राईजिङ प्लेयर १७ नं. वडाका सुशान्त विक घोषित भए । उनीहरुलाई नगद ५ हजार ५ सय पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने वडा नं. ८ का प्रजिन राईलाई ७ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको थियो । उनले प्रतियोगितामा ५ गोल गरेका थिए । वडा नं. १६ का मन्दिप बस्नेतले पनि ५ गोल गरेका थिए तर बस्नेतले बढी खेल खेलेर ५ गोल गरेका थिए । प्रतियोगिताको फेयर प्ले अवार्ड २० नं. वडाले जितेको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: चैत्र ७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend