Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानेमा साँच्चैको फुटबल क्रेज

हाम्रो कोशी आवाज
चैत्र ७ २०७७, शनिबार
धरानेमा साँच्चैको फुटबल क्रेज

धरानः धरानमा वर्षेनी आयोजना हुने बुढासुब्बा गोल्डकपको रौनक यस वर्ष रहेन । आयोजक धरान फुटबल क्लबले रकम अभावले यस वर्ष गोल्डकप गर्न नसकेको पत्रकार सम्मेलनमार्फत् नै जनाइसकेको छ । तर पनि वडास्तरीय चर्चित गोधुली रनिङ कपले रौनक छरेको छ ।
दर्शकको क्रेज बुढासुब्बा गोल्डकपको फाइनल खेलझैं उत्साहपूर्ण रह्यो । यसअघि यस्तै मौसम, यस्तै दर्शकको चाप र क्रेजका बीच बुढासुब्बा गोल्डकप हुने गरेको थियो । शनिबार सम्पन्न फाइनल खेलमा दर्शकको हुटिङ, उत्साह, चाप, क्रेज हेर्दा लाग्थ्यो धरान साँच्चै खेलकुदको सहर हो । प्रतियोगितामा सुरुवात चरणदेखि नै दर्शकको साथ पाउँदै आएको वडा नं. १४ ले १६ लाई ट्राइब्रेकरमा हराएको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज हेरौं, तस्वीरः 

 

प्रकाशित मिति: चैत्र ७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend