Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पाँचथरका युवा समातिए

हाम्रो कोशी आवाज
चैत्र ९ २०७७, सोमबार
धरानमा पाँचथरका युवा समातिए

विराटनगरः प्रहरीले धरान–२ बाट पाँचथरको फिदिम नगरपालिका–१ का २३ वर्षीय सुवास आचार्य लागूऔषधसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आचार्यलाई ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
झापा र सुनसरीका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध एन्फाटामाइन आइस र ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ बाट लागूऔषध एन्फाटामाइन आइस र ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कचनकवल गाउँपालिका–६ का २५ वर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाउँपालिका–७ का ५० वर्षीय हेमनारायण राजवंशी, मोरङ उर्लाबारी–६ का २० वर्षीय विष्णु पोद्दार र उर्लाबारी–५ का १६ वर्षीय बालक रहेका छन् ।
निजहरुको साथबाट प्रहरीले एन्फाटामाइन आइस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद गरेको छ । यसैगरी झापाकै बुद्धशान्ति गाउँपालिका–३ बाट स्थानीय २६ वर्षीय सुवास लिम्बू ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: चैत्र ९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend