धरानः सेवक अभियानको आयोजनामा धरान–१४ को खत्रीधाराको झीगु शवदाह संस्कारस्थल क्षेत्रको बृहत सरसरफाइ गरिएको छ ।
शवदाह गर्न आउने मलामीहरुका लागि मिलिनर वाटर सहुलियत दरमा त्यही नै उपलब्ध गराउने समेत व्यवस्थाको शुरुवात समेत गरिएको जानकारी गराइएको छ । होलसेल मूल्यमा नै कम्पनीले पानी उपलब्ध गराउने भएकाले यहाँ आउने उपभोक्ताहरुले राम्रो सुविधा पाउने बताइएको छ ।
सेवक अभियानले विगतमा प्रत्येक शनिबार पदयात्रा र सार्वजनिक स्थल मठ–मन्दिर, खहरे लगायतको स्थानहरुमा नियमित सरसफाइ गर्दै आएको सेवक अभियानका अध्यक्ष राजीव हलुवाईले बताए ।
सरसफाइ अभियानमा धरान उपमहानगरपालिकाका नगर प्रहरीले सधै साथ दिँदै आएको छ । सोमबार बिहान ७ बजेदेखि सम्पन्न भएको कार्यक्रममा झींगु समाजका अध्यक्ष सुरेन्द्रमान् स्थापितले यो स्थान एउटा मान्छे लगाउने घाट भएपनि यसलाई सफा, हरियालीयुक्त र आन्तरिक पर्यटकहरुलाई समेत आकर्षण गर्न सक्ने बनाउने योजना रहेको बताए । यहाँ दाउरा र डिजल इन्जिनबाट शवदाह गर्ने गरिएको छ ।

