Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा व्यक्तित्व विकास तालिम लिँदै मिस स्टेटका सहभागी युवती

हाम्रो कोशी आवाज
चैत्र ११ २०७७, बुधबार
धरानमा व्यक्तित्व विकास तालिम लिँदै मिस स्टेटका सहभागी युवती

धरानः पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको ‘मिस स्टेट-१’ सिजन-३ का सहभागीहरु युवतीहरुले व्यक्तित्व विकास तालिम लिन थालेका छन् ।
उनीहरुले दुईदिने उद्घोषणकला तथा ब्यक्तित्व विकास तालिम लिइसकेका छन् । मङ्गलबार र बुधबार भएको तालिमको सहजीकरण सञ्चारकर्मी तिर्थ कार्कीले गरेका थिए ।
सहभागीहरुलाई तालिम अवधिभर आत्म विश्वासको विकास, ब्यक्तित्व विकास, माइक्रो फोनको प्रयोग गर्ने तरिका, कार्यक्रम सञ्चालन आदि सम्बन्धी ज्ञान दिइएको सहजकर्ता कार्कीले जानकारी दिए ।
बिहीबार ट्राफिक जनचेतनासम्बन्धी कक्षा दिइने र क्रमशः महिला ससक्तिकरण, आधारभूत पत्रकारिता, पर्यटन आदिबारे सहभागीहरुलाई ज्ञान प्रदान गरिने आयोजक संस्था कलाकेन्द्रका अध्यक्ष भक्तिराज राईले जानकारी दिए ।
मिस स्टेट १ बिजेताले स्कुटीसहित क्राउन र अवार्ड प्राप्त गर्नेछन् साथै म्युजिक भिडियोमा खेल्ने अवसर पाउने उनले जानकारी । यस्तै, बिजेताले प्लस टु वा अन्य सङ्कायमा ब्याचलर लेवलमा छात्रवृत्ति प्रदान हुने उनले जानकारी दिए । फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित क्राउन र अवार्ड प्राप्त गर्ने आयोजकको भनाई छ ।
यस्तै, विद्यागत पुरस्कारतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, वेष्ट स्माइल, वेष्ट फिगर, वेष्ट क्याटवाक, मिस चार्मिङ, मिस फोटोजेनिक र मिस एक्टिभ अवार्ड समेत प्रदान गरिनेछ । तस्वीरः प्रशान्त श्रेष्ठ

प्रकाशित मिति: चैत्र ११ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend