Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ र २ का उद्योगी-व्यवसायीको २५० पेज बढीको ‘भिजन पेपर’

हाम्रो कोशी आवाज
चैत्र ११ २०७७, बुधबार
प्रदेश १ र २ का उद्योगी-व्यवसायीको २५० पेज बढीको ‘भिजन पेपर’

धरानः विराटनगरमा प्रदेश १ र २ का उद्योगी–व्यवसायीको जमघट भएको छ ।
उद्योगी–व्यवसायीले २०५० पेजभन्दा बढीको भिजन पेपर पनि तयार गरेको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले समृद्धिका लागि निजी क्षेत्रको तर्फबाट २५० पेजभन्दा बढीको भिजन पेपर तयार गरेको हो ।
महासंघको आगामी चैत्र २७–२८ गते हुने साधारणसभामा विमोचन गरेर प्रधानमन्त्रीलाई हस्तान्तरण गरिने भएको छ । निजी क्षेत्रको तर्फबाट पहिलोपटक तयार गरिएको सो भिजन पेपरमा सन २०३० सम्ममा (दोहोरो अंकको आर्थिक वृद्धिदरमार्फत् नेपालमा १ सय अर्ब डलरको अर्थतन्त्र, दिगो उच्च आर्थिक वृद्धिमार्फत् अतिरिक्त २२ लाख रोजगारी सिर्जना र लगानी अभिवृद्धि गरी व्यापारमा निर्यातको हिस्सा बढाइ व्यापार घाटा कम गर्ने जस्ता भिजन समेटिएको छ ।
प्रदेश नं. १ र २ का उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सहभागी कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका विष्णु बरालले समेत उद्योगी–व्यवसायीहरुको समस्याहरुका बारेमा सामूहिक धारणा प्रस्तुत गरेका थिए ।

समृद्धिका लागि ‘राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र–२०३०’ (भिजन पेपर) तयार गर्ने सन्दर्भमा बुधबार विराटनगरको होटल एशियाटिकमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले देशभरिका सदस्यहरुको विभिन्न प्रकारका समस्याहरुको समाधान गर्न छुट्टै सेल गठन गर्ने बताएका छन् ।
गोल्छाले सदस्यहरुको बैंकिङ समस्या, इस्योरेन्स सम्बन्धी समस्याजस्ता विभिन्न समस्याहरुको समाधानका लागि अदालत जानुपूर्व सम्बन्धित क्षेत्रसँग महासंघद्वारा गठित सेलले मेलमिलापको वातावरण तयार गर्ने बताए । ‘हामी चाहन्छौं, महासंघ सबैं उद्योगी–व्यवसायीको शितल छहारी होस् र म सम्मान प्राप्तिको लागि होइन, काम गर्न आएको हुँ, काम गर्छु र सबै व्यवसायीको समस्या समाधानगर्ने प्रयास गर्छु’, उनले भने ।
नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासंघका उपाध्यक्ष रामचन्द्र संघाइले कार्यक्रमका सन्दर्भमा जानकारी गराएका थिए ।
महासंघका उपनिर्देशक गोकर्ण अवस्थीले कार्यक्रमको सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टीकाराज ढकाल, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार शाह, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: चैत्र ११ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend