Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खैरोहिरोइनसहित समातिएका तीन युवा र युवती प्रहरीद्वारा सार्वजनिक

हाम्रो कोशी आवाज
चैत्र १२ २०७७, बिहिबार
धरानमा खैरोहिरोइनसहित समातिएका तीन युवा र युवती प्रहरीद्वारा सार्वजनिक

धरानः धरानमा खैरोहिरोइन (लागूऔषध) सहित पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले विशेष सूचनाका आधारमा धरान–१५ का युवालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा धरान–१५ बस्ने वर्ष १९ की मनुषा तामाङ, सोही स्थानका वर्ष २२ को सुजन धमला, धरान–१५ कै वर्ष २५ को विधान आलेमगर र धरान–१७ बस्ने वर्ष २१ को अर्पण धमला रहेका छन् ।
धरान–१५ बस्ने विधानको घरमा लागूऔषधको कारोबार हुने गरेको विशेष सूचनाको आधारमा बिहीबार बिहान १ बजे इलाका प्रहरी कार्यालय धरानबाट पुगेको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लामो समयदेखि भारतबाट तस्करी गरी खैरो हिरोइन धरान ल्याएर कारोवार गर्ने गरेको गोप्य सूचना प्रहरीकहाँ पुगेको थियो । उनीहरुले भारतको जोगवनी, भाण्टावारी नाका हुँदै खैरो हिरोइन धरान ल्याएर विक्री गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन् ।
धरान–१५ स्थित सो घरमा पुग्दा सो घरमा रहेको कोठाभित्र मनुषा, सुजन र अर्पण कोठाभित्र सँगै रहेको अवस्थामा घरकोठा खानतलासी गर्दा सो कोठाभित्र रहेको फ्रिजभित्र लुकाइछिपाइ राखेको अवस्थामा ११ (एघार) ग्राम लागूऔषध ब्राउनसुगर (खैरो हेरोइन) फेला परेको डिएसपी बस्नेतले जानकारी दिए ।
लागूऔषध कारोबारमा मनुषा, सुजन, अर्पण र विधान आले मगर समेतको संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई लागूऔषधसहित पक्राउ गरी सुनसरी जिल्ला अदालतमा पेश हुँदा औषध मुद्दामा दिन ७ म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र १२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend