धरानः धरानमा खुकुरी प्रहार गरी हत्या भएको छ।
धरान-८ दुर्गापथमा बिहीबार दिउँसो तिलबहादुर माझीले श्रीमतीको हत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार सम्झना माझीको हत्या भएको छ ।
‘खुकुरी प्रहार गरेर हत्या भएको जानकारी आएको छ’, उनले भने, ‘अहिले के कारणले हत्या भएको हो, बुझ्ने काम भइरहेको छ ।’ बिहीबार करिब ४ः४० बजे हत्या भएको भन्ने जानकारी आएको उनले जानकारी दिए । ‘हत्याको कारण केही खुलिसकेको छैन, अहिले प्रहरी घटनास्थलमा छ’, उनले भने, ‘विस्तृत जानकारी आएपछि सार्वजनिक गर्छौं ।’
प्रहरीका अनुसार मृतकको लाश उठाएर लगिसकेको छ । हत्यामा संलग्न रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको उनले जानकारी दिए ।
