धरानः धरानमा लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकाको आयोजना तथा खेलकुद समितिको संयोजनमा चैत १० बाट शुरु भएको लिला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।
प्रतियोगितामा मेन्स सिंगलतर्फ अमरलाल श्रेष्ठ प्रथम, बोद्धित डिसी दोस्रो, राजेश भट्टराई र महावीर चौधरी तेस्रो भए भने लेडिज सिंगलतर्फ दीक्षा दाहाल प्रथम, गीता भुजेल दोस्रो, मारिया थापामगर र प्रकृति राना तेस्रो भइन् । मेन्स र लेडिज सिंगल प्रथम हुनेले ट्रफी र मेडल सहित नगद २०–२० हजार रुपैयाँ पाए भने दोश्रोलाई ट्रफी र मेडलसहित नगद १०–१० हजार रुपैयाँ र तेश्रो हुने दुईजनालाई ट्रफी र मेडलसहित नगद ५–५ हजार रुपैयाँ हात पारे ।
यस्तै, अण्डर १९ ब्वाइजतर्फ बोद्धित डिसी प्रथम, हिमाल विष्ट दोस्रो, नम्साङ राई र सिद्धार्थ तामाङ तेस्रो भए भने गल्र्सतर्फ दीक्षा दाहाल प्रथम, मारिया थापामगर दोस्रो, अन्जली ठाकुर र समृद्धि लुइँटेल तेस्रो भइन् । भेट्रान सिंगलतर्फ राजेश भण्डारी प्रथम, चन्दन शाही दोस्रो, विकेन थापा र राजन सुब्बा तेस्रो भए । जुनियर सिंगल, जुनियर गल्र्स र भेट्रान सिंगलतर्फ प्रथमले ट्रफी र मेडलसहित नगद १५–१५ हजार, दोश्रो हुनेले ट्रफी र मेडलसहित जनही ७ हजार ५ सय रुपैयाँ र तेश्रो हुने दुईजनाले ट्रफी र मेडलसहित ३५–३५ सय रुपैयाँ पाउन सफल भए ।
यस्तै, अण्डर १५ ब्वाइज सिंगलमा समिर खत्री प्रथम, सिद्धार्थ तामाङ दोस्रो, हिमाल विष्ट र विशाल मलिक तेस्रो भए भने गल्र्स सिंगलमा अन्जली ठाकुर प्रथम, प्रकृति राना दोस्रो, प्रयाश्का राई र सुलेखा ठाकुर तेस्रो भइन् । ब्वाइज सिंगल र गल्र्स सिंगल (१५ वर्षमुनिका) प्रथमले ट्रफी र मेडलसहित नगद १०–१० हजार, दोश्रोले ट्रफी र मेडलसहित ५–५ हजार र तेश्रो हुने दुईजनाले ट्रफी र मेडलसहित २५–२५ सय रुपैयाँ पाए ।
प्रतियोगितामा काठमाडौं, बुटवल, मोरङ र सुनसरीका ७८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता धरान–१३ स्थित अमर सेवा समाजको कवर्ड हलमा सम्पन्न भएको हो ।