Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युवतीलाई ट्राफिक नियम (७ तस्वीर)

हाम्रो कोशी आवाज
चैत्र १२ २०७७, बिहिबार
धरानमा युवतीलाई ट्राफिक नियम (७ तस्वीर)

धरानः पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको मिस स्टेट–१, सिजन–३ का सहभागी युवतीहरुलाई बिहीबार ट्राफिक नियमसम्बन्धी सचेतना गराइएको छ ।
धरानको देशी लाइनस्थित होटल नवयुगको हलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानका सई एकराज खड्काले सहजीकरण गरेका थिए ।
ट्राफिक र ट्राफिक प्रहरी भनेको के हो ? सवारी दुर्घटना हुने कारण के के हुन् ? ट्राफिक नियमहरु के के हुन् ? सडकमा हिँड्दा र सवारी चलाउँदा के के कुरामा ध्यान दिने ? ट्राफिक नियम उल्लंघन गर्नेलाई कस्तो कार्वाही हुन्छ भन्ने बारेमा सहभागीहरुलाई सइ खड्काले जानकारी गराएका थिए ।
मिस स्टेटका सहभागीहरु अहिले एक महिने प्रशिक्षणमा रहेका छन् । प्रशिक्षण अवधिभर शिक्षा, स्वास्थ्य, पर्यटन, पत्रकारिता, महिला सशक्तिकरण, भाषणकला,उद्घोषणकला, ब्यक्तित्व विकास आदिको बारेमा प्रशिक्षण गराइने कलाकेन्द्रका अध्यक्ष भक्तिराज राईले जानकारी दिए । तस्वीरः प्रशान्त श्रेष्ठ, तिर्थ कार्की

प्रकाशित मिति: चैत्र १२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend