
धरान-१२ स्थित सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलनकुमार राई धरानका कलेजमा एकखाले विकृति भित्रिएको बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीलाई फोन गरेर ‘टर्चर’ दिने, विद्यार्थीलाई सिधै भन्छन्–हाम्रो केलजमा आउनु है, यसले अभिभावक पनि टर्चरमा पर्ने गरेका छन् ।’
उनले धरानमा कलेजहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिन्छन् । भन्छन्, ‘हामीपनि यसपटकदेखि ११–१२ को कक्षा सञ्चालन गर्दैछौं, हामी स्वस्थ प्रतिस्पर्धामा जान्छौं ।’ आफूहरुले विद्यार्थीको धेरै ‘मास’ बटुल्ने खालको लक्ष्य नलिएको बताए । उनले पढाइका साथै अतिरिक्त क्रियाकलापमा बढी जोड दिने बताए । ‘अतिरिक्त क्रियाकलापको नाममा ‘क्याटलग’ भन्दा एकेडेमिक फिल्डलाई नै सघाउ पुग्ने खालका क्रियाकलाप गराउँछौं ।’ उनले हाम्रो कोशी आवाज डटकमसँगको अन्तर्वार्तामा भने । उनले आधुनिक टेक्नोलोजीको प्रयोग गर्दै विद्यार्थीको चौतर्फी विकास गरिने पनि बताए ।
विशेष भिडियो कुराकानीः