Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फूलबारीमै कफी फलाउन सकिने

हाम्रो कोशी आवाज
चैत्र १५ २०७७, आइतबार
धरानमा फूलबारीमै कफी फलाउन सकिने

धरानः धरानमा व्यवसायिक कफी खेतीसम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । तालिमपश्चात् ६०० कफीका विरुवा वितरण गरिएको थियो ।
तालिम धरान कफी तथा कृषि उत्थान केन्द्र धरान–१५ को आयोजना र १२ नंं वडा कार्यालयको सहयोगमा सम्पन्न भएको थियो । तालिमका सहजकर्ता कम्पनीका निर्देशक अञ्जना राईले कफी खेती फूलबारीमा सौन्दर्यता, हरियाली वातावरणको दृष्टिकोणले र ठूलो जग्गामा व्यवसायिक हिसाबले गर्न सकिने बताइन् ।
धरानलाई हरियाली र सुन्दर नगरी बनाउन एक घर कम्तीमा दुई कफी फूलबारी अनि करेसा बारीमा लगाउन सकिने केन्द्रका प्रमुख सल्लाहकार सभासद् किरणकुमार राईले बताए ।
उनले वडाको वजेटबाट विभिन्न लक्षित कार्यक्रम गरिरहेको र त्यसको उपलब्धी चाहे जति नदेखिएको अवस्थामा यो नयाँ र आम्दानी समेत दिने कार्यक्रम भएकोले उपलब्धिमूलक हुन सक्ने विचार व्यक्त गरे । वडाका विभिन्न टोल विकास संस्थाका अध्यक्ष, संघ संस्था र वडावासीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: चैत्र १५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend