Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मिस स्टेट र पूर्वाञ्चल सिङ्गीङ स्टारका प्रतिस्पर्धी युवायुवतीलाई टिसर्ट

हाम्रो कोशी आवाज
चैत्र १५ २०७७, आइतबार
धरानमा मिस स्टेट र पूर्वाञ्चल सिङ्गीङ स्टारका प्रतिस्पर्धी युवायुवतीलाई टिसर्ट

धरानः मिस स्टेट-१ २०७७ र पूर्वाञ्चल सिङ्गीङ स्टारका प्रतिस्पर्धीलाई टिसर्ट वितरण गरिएको छ ।
पूर्वाञ्चल बागिना कला केन्द्र धरानले आयोजना गरेको सो प्रतिस्पर्धात्मक कार्यक्रम (गायन र सौन्दर्य प्रतियोगिता) मा प्रतियोगीमा सहभागीहरुलाई टिसर्ट वितरण गरिएको हो ।
धरानस्थित होटल नवयुगमा उनीहरुलाई सो टिसर्ट वितरण गरिएको हो । ८ औं संस्करणको ‘पूर्वाञ्चल सिङ्गीङ स्टार’ मा प्रदेश १ का विभिन्न जिल्लाका १० जना प्रतियोगी अन्तिम प्रतिस्पर्धामा छन् भने मिस स्टेट १ मा १३ जना प्रतिस्पर्धी सहभागी छन् ।
८ औं संस्करणको गायन प्रतियोगिता र तेस्रो संस्करणको मिस स्टेट–१ को अडिसन अघिल्लो वर्ष कोरोना कारण स्थगित भएको थियो । अघिल्लो वर्ष फागुनमै अडिसन पनि भएको र प्रतियोगिता भने स्थगित भएको थियो । कार्यक्रम संयोजक भक्तिराज राईका अनुसार गायनमा अन्तिम फाइनलका लागि १० जना र सौन्दर्य प्रतियोगितामा अडिसनबाट १३ जना सहभागीलाई बन्दसत्रमा राखिनेछ ।
गायनतर्फको बिजेताले नगद ५० हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, एक म्युजिक भिडियो तयार गर्ने अवसर र एकथान गिटार पाउनेछन् । यस्तै, एक वर्ष निःशुल्क संगीत सिक्ने अवसर प्राप्त गर्नेछन् । यसैगरी, दोस्रो र तेस्रोले क्रमशः नगद २५ हजार, १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना र ३ महिना निःशुल्क संगीत सिक्ने अवसर र सबैले एकथान गिटार पाउनेछन् । विद्यागत पुरस्कारतर्फ वेष्ट भोकल, वेष्ट डिस्प्लिन, वेष्ट परफमेन्स र वेष्ट पब्लिक च्वाइस अवार्ड प्रदान गरिने छ ।
यस्तै, मिस स्टेट १ बिजेताले स्कुटीसहित क्राउन र अवार्ड प्राप्त गर्नेछन् साथै म्युजिक भिडियोमा खेल्ने अवसर पाउने उनले जानकारी । यस्तै, बिजेताले प्लस टु वा अन्य सङ्कायमा ब्याचलर लेवलमा छात्रवृत्ति प्रदान हुने उनले जानकारी दिए । फष्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित क्राउन र अवार्ड प्राप्त गर्ने आयोजकको भनाई छ । यस्तै, विद्यागत पुरस्कारतर्फ मिस ट्यालेन्ट, मिस पब्लिक च्वाइस, मिस डिस्प्लिन, मिस पर्सनालिटी, मिस पंचुयल, वेष्ट स्माइल, वेष्ट फिगर, वेष्ट क्याटवाक, मिस चार्मिङ, मिस फोटोजेनिक र मिस एक्टिभ अवार्ड समेत प्रदान गरिनेछ ।
२०६९ सालमा स्थापना भएको केन्द्रले २०७० सालदेखि निरन्तर गायन प्रतियोगिता आयोजना गर्दै आएको छ भने सुन्दरी प्रतियोगिता ०७४ सालदेखि शुरु गरेको हो । गायनतर्फ हालसम्मका विजेताहरु तेह्रथुमका संगम चोङवाङ (२०७०), ताप्लेजुङकी प्रकृति थलङ (२०७१), भोजपुरकी सृजना तामाङ (२०७२), तेह्रथमका दिलेनबाबु लिम्बू (२०७३), भोजपुरका सुमन राई (२०७४), सुनसरीका पदमबहादुर मगर (२०७५) र गत वर्ष मोरङका सुमिन राई रहेका छन् । यस्तै, मिस स्टेट १ मा उदयपुरकी रमिला बस्नेत (२०१८), गत वर्ष धनकुटाकी रजनी तुम्सा लिम्बू (२०१९) विजेता बनेकी थिइन् । लुकेर रहेको प्रतिभालाई उजार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गदै आएको संयोजक राईले बताए । उनले भने, ‘हाम्रो मुख्य उद्देश्य नै गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउने हो ।’
प्रतियोगिताको मिडिया पार्टनरमा हाम्रो कोशी आवाज डटकम, दन्तकाली एफएम, रेडियो धरानलगायत रहेको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

 

प्रकाशित मिति: चैत्र १५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend