Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेयर कपमा धरान उपमहानगरपालिका प्रथम

हाम्रो कोशी आवाज
चैत्र १६ २०७७, सोमबार
मेयर कपमा धरान उपमहानगरपालिका प्रथम

धरानः तेस्रो कटारी नगर मेयर कप आमन्त्रित तेक्वान्दो प्रतियोगितामा धरान उपमहानगरपालिका प्रथम भएको छन् ।
चैत्र ६ देखि ७ गते सम्म सञ्चालन भएको मेयर कप तेक्वान्दो प्रतियोगितामा धरान उपमहानगरपालिकाले ६ गोल्ड र एक वटा ब्राउन्स मेडल जित्दै प्रथम भएको हो ।
धरान उपमहानगरका तेक्वान्दो प्रशिक्षक सुरज कार्कीका अनुसार प्रतियोगितामा प्रदीप लिम्बू (५४ केजी), रोहित राई (४९ केजी), साजन राई (४२ केजी), क्षितिजा गुरुङ (४३ केजी), यमुना राई (४६ केजी) र कृष्टिना राई (४२ केजी) ले गोल्ड मेडल जित्न सफल भएका थिए । साथै ५८ केजीका यमन विष्टले ब्राउन्स मेडल जित्न सफल भए ।
यसभन्दा अघि प्रदेश नं. १ ओपन तेक्वान्दो च्याम्पियनसीप प्रतियोगितामा पनि धरान उपमहानगरपालिका प्रथम भएको थियो । इटहरीमा आयोजित प्रतियोगितामा धरान उपमहानगरपालिकाका तेक्वादो खेलाडीहरुले १४ वटा गोल्ड, ७ वटा शिल्भर र ४ वटा ब्राउन्स मेडल प्राप्त गर्दै प्रथम भएका थिए ।
आइतबार प्रशिक्षक सुरज कार्कीले कटारी नगर मेयर कपमा धरान उपमहानगरपालिका प्रथम भएको जानकारी गराउँदै मेयर तिलक राईलाई शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति: चैत्र १६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend