Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पानी अभाव

हाम्रो कोशी आवाज
चैत्र १६ २०७७, सोमबार
धरानमा पानी अभाव

धरानः धरानमा खासै होलीमा रौनक देखिएन । कारण कोरोना त्रास मात्रै होइन, पानीको अभाव पनि रह्यो ।
कोरोनाको त्राससँगै पानीको अभाव हुन्छ भनेर पनि होली नखेलिएको अधिकांश युवापुस्ताले गुनासो पोखेका छन् । ‘अघिल्लो वर्ष कोरोनाका कारण खासै रमाइलो भएन’, धरान–१५ की सम्झना राईले भनिन्, ‘तर यसपटक पानी अभावकै कारण होली नखेलेको हो भन्ने मैले महसुस गरेकाके छु, आफू त भोलि पानीको पालो आउँछ र नुहाउला भनेर भानुचोकमा होली खेल्न आइपुगें ।’
धरान–१० की मनिषा तामाङले पानी अभावका कारण आफूले मुखमा मात्रै थोरै रंग दलेको बताइन् । ‘दुई दिन भयो पानी आएको छैन’, उनले भनिन्, ‘घरमा पानी नभएकै कारण थोरै मात्रै रंग दलेकी हुँ ।’
पानी नहुँदा आजको कपडा र शरीर नै जस्ताको त्यस्तै रहने सम्भावना बढेर गएको धरानकी पार्वती कटुवालले भनिन् ।
अहिले पनि धरानका अधिकांश वडामा खानेपानीको अभाव रहँदै आएको छ । दिन बिराएर पानी दिने भनिएपनि पानी धारामा आउन सकेको छैन । धरान खानेपानी व्यवस्थापन बोर्डमा खानेपानी संस्थान मर्ज भएपनि पानीको समस्या ज्युँका त्युँ छ । धरानमा एडिबीको पानी आएपछि धरानेले भनेजति पानी पाउने भनेपनि अहिलेसम्म पानी नपाउँदा निराश बन्न थालेका छन् ।

प्रकाशित मिति: चैत्र १६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend