धरानःउपभोक्ता विज्ञ एवं अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ता हित संरक्षणको लागि बजार नियमन गर्ने निकायहरुलाई नै नियमन आवश्यक रहेको बताएका छन्।
संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा ‘उपभोक्ता हक हित, बजार व्यवस्थापनमा सुशासनको अवस्था’ विषयमा आफ्नो प्रस्तुति दिदै अधिवक्ता तिमिल्सिनाले बजार नियमन गर्ने निकायलाई जवाफदेही बनाउनुपर्ने बताए। नियामक निकायमा काम गर्ने कर्मचारीले इमान्दारिताका साथ काम नगरेका कारण उपभोक्ताहरु मारमा परेको तिमिल्सिनाको जिकिर छ।
अहिले बजार नियमन गर्ने विभिन्न १३ नियामक निकाय रहेपनि बजार अनुगमन प्रभावकारी नभएको उनले बताए। ‘एउटा छुट्टै शक्तिशाली आयोग वा निर्देशनालय बनाउनुपर्ने देखिन्छ।’ उनले भने ।
लेवल नलागेका, म्याद गुज्रेका सामानहरु, विषादी, अखाद्य रङ्ग, प्रिजरभेटिभ प्रयोग भएका खाद्य पदार्थको विक्री वितरण गर्ने कार्य प्रमुख समस्या रहेको उनले बताए।