Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानेले पानी खोइ भन्दै कराउन थालेपछि रातारात मर्मत

हाम्रो कोशी आवाज
चैत्र २० २०७७, शुक्रबार
धरानेले पानी खोइ भन्दै कराउन थालेपछि रातारात मर्मत

धरानः नेपाल खानेपानी संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन भएको दुई महिना बित्न लाग्यो । साविक खानेपानी संस्थानको अधिकांश मेसिनलगायत पाइपहरु जीर्ण भएकै कारण धरान उपमहानगरपालिकामा खानेपानी वितरणमा समस्या आएको बोर्डले जनाएको छ।
संस्थानको विभिन्न स्थानमा पाइप फुटेर पानी चुहावट भइरहेको बोर्डको दावी छ । चुहावट कै कारण रिजर्भ ट्याङ्कीमा पानी तान्न समेत समस्या भएको थियो । संस्थान धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन भएपछि भने यस समस्याको समाधान गर्ने जिम्मा बोर्डको हो । खानेपानी व्यवस्थापन बोर्डले सार्वजनिक सूचना नै जारी गरेर चारकोशे जंगलमा रहेको साविक संस्थानको मुख्य पाइप लाइनको बिहीबार रातिदेखि नै मर्मत गर्न थालेको छ ।

खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका मेयर तिलक राई समेत गएराति मर्मतस्थलको निरीक्षण गरेका छन् ।
मेयर राईले साविक खानेपानी संस्थानको मेन पाइप लिकेज भइरहेको बताउँदै दैनिक ५ देखि ७ लाख लिटर पानी चुहावट भइरहेको बताए । मुख्य पाइप लाइनबाट चुहावट भएका कारण पम्पको क्षमता पनि समस्या आएको पाइएको छ । ‘यो मेन टयाङ्कीलाइन हो, यो मर्मत गर्दा खेरी नगरबासीहरुलाई कम्तिमा एकदेखि दुईदिनसम्म पानीको आपूर्तिमा समेत केही वडाहरुमा समस्या हुन सक्छ । सूचना जारी गरेर मर्मत सम्भारमा लागेका र्छौ’ उनले भने, ‘मर्मत कार्य सक्ने बितिक्कै रिजर्भ ट्यांकीमा लगेर पुनः नगरबासीहरुलाई आज बेलुकासम्ममा पानी वितरण गर्र्ने कार्यतालिका बनाइरहेका छौं । खानेपानी व्यवस्थापन बोर्ड र नगरपालिका पानी व्यवस्थापनमा लागिरहेको छ । केही समय लाग्न सक्छ । नगरबासीहरुलाई धैर्यता गर्न पनि आग्रह गर्दछु ।’
धरान उपमहानगरपालिकाका इञ्जिनियर प्रशान्त अधिकारीले साविक संस्थानको मेन टयाङ्की लाइन पाइपको चुहावट भइरहेको र यसको मर्मत कार्यमा लागि परेको जानकारी दिए।
‘मेन पाइपमा लिक भएका कारण दैनिक ७ लाख लिटरको हाराहारीमा पानी खेर गइरहेको छ,’ उनले भने । वितरण प्रणालीलाई सहज होस् भनेर रातको समयदेखि नै काम थालिएको उनले बताए । ‘दिउँसो बजार एरियामा डिस्टर्ब नहोस् भनेर हामीले राति काम गरेका हौं, पम्पिङमा पनि समस्या भइरहेको छ, मर्मत भइसकेपछि पानी वितरण प्रणालीमा सहज हुने अपेक्षा लिएका छौं ।’ खानेपानी संस्थान बोर्डमा मर्ज भएपनि सहजतरिकाले पानी खान नपाएको भन्दै धरानबासीले विरोध गर्दै आएका छन्।

प्रकाशित मिति: चैत्र २० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend