Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा उद्यमशील सहकारीको प्रभातफेरि

हाम्रो कोशी आवाज
चैत्र २० २०७७, शुक्रबार
धरानमा उद्यमशील सहकारीको प्रभातफेरि

धरानः ६४ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा शुक्रबार उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धरानमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ ।
बिहान ७ बजे सहकारीको कार्यालय धरान १०, सैनिक चौकबाट निकालिएको प्रभातफेरी रमाइलो (राँगा) चौक, मुनालचौक, चतरालाइन, छाताचौक, भानुचौक, भोटेपुल, धनकुटे रोड हुँदै बगैंचाचौक, आचार्यलाइन, पुतलीलाइन हुँदै पुन सहकारीकै कार्यालयमा आएर समापन भएको थियो ।
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नाराका साथ आज देशभरी नै ६४ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । यसै अवसरमा उद्यमशिल सहकारीले प्रभातफेरीको आयोजना गरेको हो । प्रभातफेरीमा धरान-१० मा रहेको सहकारीको मुख्य कार्यालयमा कार्यरत कर्मचारी, धरान ५ को देउराली सेवा केन्द्रका कर्मचारी, शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रभातफेरी समापनपछि भएको कार्यक्रममा सहकारीले ‘हाम्रो सहकारी, राम्रो सहकारी, उद्यमशील सहकारी’ भन्ने नारा अघि बढाएको सहकारीका व्यवस्थापक जीतबहादुर राउतले जानकारी दिए । उनले सो नारालाई सार्थक बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट लागिपर्नुपर्ने बताउँदै ६४ औं राष्ट्रिय सहकारी दिवसको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै सहकारी अध्यक्ष डा.योगेन्द्र राईले सहकारीका बारेमा जनमानसलाई जानकारी गराउने, जागरुक बनाउने दिन भएको बताएका थिए । उनले राज्य र सरोकारवाला निकायहरुलाई सहकारीको महत्व थप बोध गराउने दिन भएको समेत बताएका थिए । उनले प्रभातफेरीले नैतिकरुपमा बजारमा जाने कर्मचारीलाई सहज हुने विश्वास लिएको बताएका छन् ।
नेपालमा वि.सं.२०१३ साल चैत्र २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति: चैत्र २० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend