धरानः इलाका प्रहरी कार्यालय धरानले धरान-१५ बाट एक युवालाई लागूऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान-१५ ज्ञानचर्चमार्गबाट २१ वर्षीय मिलन राईलाई पक्राउ गरिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । खोटाङ दिप्रुङ-४ घर भई हाल धरान-१५ मा डेरा गरी बस्ने राईलाई लागूऔषध ब्राउन सुगर ९०० मिलीग्रामसहित पक्राउ गरिएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १० दक्षिणगेटबाट बेलबारी-३ का ३३ वर्षीय विक्रम गुरुङलाई नियन्त्रित औषधी एभिल ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाइजाल्याब ८ एम्पुल सहित पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।