Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको तीनकुनेमा भएको दुर्घटनामा मृत्यु

हाम्रो कोशी आवाज
चैत्र २३ २०७७, सोमबार
धरानको तीनकुनेमा भएको दुर्घटनामा मृत्यु

सुनसरीः सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने संघका दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा विराटनगर–१२ का जीवन खनाल र सोही स्थानका ३३ वर्षीय नेत्रप्रसाद पाठक रहेका छन् । पक्राउ परेका यी दुवैजना कोशी यातायात प्रालि इटहरीका सञ्चालक समितिका सदस्य रहेको खुल्न आएको छ ।
यही चैत्र १२ गते सुनसरी धरान–८ तीनकुने राजमार्गमा ना४ख ५२९१ नम्बरको बसले मे६प ८००० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इलाम–८ तिल्केनीका मेखबहादुर राई सख्त घाइते भएकोमा उनको विराट नर्सिङहोममा चैत १३ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनापश्चात् तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रालि इटहरीका सञ्चालक समितिका सदस्यद्वय जीवन र नेत्रप्रसादले सिरहा लहान– ८ घर भई विराटनगर बस्दै आएका अमितकुमार गुप्तालाई बसको चालक भनी उपस्थित गराएका थिए ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनीमाथि अनुसन्धान गर्ने क्रममा गुप्ताले आफू दुर्घटना भएको बसको चालक नभएको र मलाई ५० हजार रुपैयाँ दिने र सम्मानित अदालतबाट छुटकारा समेत दिलाइदिने भनी आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको जानकारी गराएसँगै घटनाको यथार्थ पर्दाफास भएको हो ।
यसरी झुक्याएर नक्कली चालक उपस्थित गराएको पाइएपछि यातायात प्रालिका सञ्चालक समितिका सदस्यद्वय जीवन र नेत्रप्रसादलाई पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिएका छन् ।
पीडितपक्षलाई किरिया खर्च क्षतिपुर्ति दिलाउनुपर्ने संस्थाको जिम्मेवार कर्मचारी तथा बसका सञ्चालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरी वास्तविक चालकलाई जोगाउन खोजेको हुँदा संघका प्रतिनिधीहरु र नक्कली चालक उपर समेतलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनीहरु उपर कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रमुख एसपी कमल थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: चैत्र २३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend