धरानः धरान–१२ चतरालाइनस्थित सुनाखरी एकेडेमीका विद्यार्थीले कराँते विधामा पदक जितेका छन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७७ को कराते विधामा स्कुलकी समिना राई, अपेक्षा राई र अयुष्मा लिम्बूले पदक हात पारेका हुन् ।
कुमुतेतर्फ स्वर्ण पदक, कातामा कास्य पदक र कुमुतेमा रजत पदक हात पार्न सफल बनेको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए ।
समीनाले कुमुते र काता (५० केजी तौल समूह) मा स्वर्ण र कास्य पदक जितेकी छिन् भने अपेक्षाले कुमुते विधा (४५ केजी तौल समूह) मा रजत पदक हात पार्न सफल बनेकी थिइन् । यस्तै, आयुष्माले कुमुते (४० केजी तौल समूह) मा कास्य पदक हासिल गर्न सफल बनेको प्रिन्सिपल राईले जानकारी दिए ।
पदक जितेपछि विद्यालयले आइतबार स्कुल प्राङ्गणमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । प्रिन्सिपल राई, सञ्चालक प्रदीप राईलगायतले अविर र खादाले उनीहरुलाई सम्मान गरेका थिए ।
