Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा प्रतिबन्धित औषधिसहित समातिएका युवालाई कारवाहीका लागि पठाइयो विराटनगर

हाम्रो कोशी आवाज
चैत्र २९ २०७७, आइतबार
धरानमा प्रतिबन्धित औषधिसहित समातिएका युवालाई कारवाहीका लागि पठाइयो विराटनगर

धरानः धरान–८ तीनकुनेस्थित कोशी राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँचका क्रममा समातिएका युवा र धरान–६ बाट समातिएका युवालाई विराटनगर पठाइएको छ ।
प्रतिबन्धित औषधीसहित समातिएका उनीहरुलाई आवश्यक कारवाहीका लागि औषधी ब्यवस्था विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
इटहरीबाट सार्वजनिक सवारी साधनमा सवार भई धरानतर्फ आउँदै गरेका धरान–११ बस्ने वर्ष २२ को पवन राई प्रहरीको चेकिङ टोलीलाई देखी सवारी साधनबाट ओर्लिएर शंकास्पद रुपमा हिँडी भाग्न खोजेको अवस्थामा उनलाई नियन्त्रणमा लिएर खानतलास गर्दा प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ ।
उनले बोकेको झोलाबाट सेटाडोल ५० लेखिएको ४७ स्ट्रिप्समा जम्मा ४६७ क्याप्सुल, स्पास्पेन लेखिएको ३७ स्ट्रिप्समामा जम्मा ३६७ ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, धरान–६ पानबारी बस्ने वर्ष २६ को दिनेश खड्का सुत्ने कोठामा खाट मुनि हरियो रंगको बजारे झोलाभित्र लुकाई राखेको अवस्थामा प्रतिबन्धित औषधी फेला परेको प्रहरीले जनाएको छ ।
सेन्ट्राडोल ५० लेखिएको जम्मा ३४४ क्याप्सुल, स्पास्पेन लेखिएको जम्मा ३३३ ट्याब्लेट, सोही झोलाभित्र रहेको नगद नेपाली रु.१ हजार छ सय बीस बरामद गरी उनीहरु दुवैजनालाई आवश्यक कार्वाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २९ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend