Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खानेपानीः बिनाप्रक्रिया टेण्डर, १ करोड ४ लाख रकम दिइयो !

हाम्रो कोशी आवाज
चैत्र २९ २०७७, आइतबार
धरानमा खानेपानीः बिनाप्रक्रिया टेण्डर, १ करोड ४ लाख रकम दिइयो !

धरानः धरानमा एडिबी खानेपानी परियोजना आइयुडिपीको सम्झौताबाहेक दुईवटा खानेपानीको वेल बिनाप्रक्रिया, बिनाटेण्डर खनिएको छ । त्यो २ वटा वेल परियोजनाको सम्झौताअन्तर्गत पर्दैन।
धरान उपमहानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले भ्रष्टाचार, अनियमितता, बिनाप्रक्रियाको नियुुक्ति, बिना प्रक्रियाको टेण्डर प्रक्रियाबारे पनि प्रश्न उठाउँदा यो कुरा बाहिरिएको हो ।
हाल परियोजनाको ७ वटा र संस्थानको चार वटा वेल छन् । उपमेयर मञ्जु भण्डारी कार्यवाहक रहँदा थप २ वटा वेल खन्ने काम भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो वेल खन्न ठेक्का रेष्मा डिप बोरिङ ट्युववेल दिइएको इञ्जिनियर राजु पोख्रेलले जानकारी दिए । ‘दुई करोड १६ लाखको ठेक्कामा रेष्मालाई यसअघि १ करोड ४ लाख रुपैयाँ समेत भुक्तान भइसकेको छ’, उनले भने, ‘अन्य रकम भुक्तान गर्न बाँकी छ।’
उपमहानगपालिकाका मेयरले यसबारेमा अनभिज्ञता प्रकट गर्दै आएका छन् । ‘दुईवटा वेल खनिएकोमा मेरो अन्यथा छैन, त्यो राम्रै कुरा हो’, उनले भने, ‘तर प्रक्रियागत ढङ्गले, नीतिगत आइसकेको छैन, त्यो कुराबारे म पनि अनभिज्ञ नै छु, उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले निर्णय भएन, खानेपानी बोर्डमा पनि संस्थागतरुपमा आएको छैन ।’ उनले भने ।
आफू मेयर भएर आइपुगेपछि चासो राखेको र तत्कालीन नेतृत्वले त्यसमा त्यति टाउको दुखाउनुनपर्ने जवाफ दिँदै आएको उनले बताए । ‘तर अब टाउको दुखाउनुपर्ने दिन आयो’, उनले थपे, ‘कसरी ? जवाफ आयो त्यो उपमहानगरले नै रकम दिनुपर्ने भयो, त्यसपछि मात्रै आफूले चाल पाएको हुँ, अहिले बाँकी रकम कसले दिने भन्नेमा अन्यौलता छ ।’
परियोजनाको सम्झौतामा नरहेकोले हाल सो वेल सञ्चालनमा ल्याउन नसकिने मेयर राईको भनाइ छ । पत्रकार सम्मेलनमा बिनाप्रक्रिया टेण्डर नगरी खनिएको वेलमा भ्रष्टाचार, अनियमितता भएकोमा भन्दै आशंका समेत व्यक्त गरिएको थियो ।

प्रकाशित मिति: चैत्र २९ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend