धरानः धरान=३ शान्तिपथस्थितमा आइतबार बेलुका साढे ५ बजे चेकजाँचको क्रममा गाँजासहित २ जनालाई पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि-६ का २० वर्षीय निगम राई र सोही स्थानका १९ वर्षीय शुक्रराज राई रहेका छन् । को१३प ६७८२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले बोकेको झोलाबाट लागूऔषध दुई केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुले चढेको मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।