Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरिया जान भाषा पास गरेपनि जान नपाएकाको जानकारी संसदलाई दिऔंः गगन थापा

हाम्रो कोशी आवाज
चैत्र ३० २०७७, सोमबार
कोरिया जान भाषा पास गरेपनि जान नपाएकाको जानकारी संसदलाई दिऔंः  गगन थापा

धरानः नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरियाको भाषा परीक्षा पास गरेर पनि जान नपाएका व्यक्तिहरुको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।
उनले कोरोना कहरका कारण रोजगारी गुमाएकाले पनि संसदमै जानकारी गराउन माग गरेका थिए । सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद थापाले कोरियामा काम गरेर विदामा आएर पनि फर्किएर जान नपाएका नेपालीहरुको अवस्था संसदलाई जानकारी गराउन माग गरेका हुन् । ‘उद्योग, खुद्रा व्यापार, यातायात र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएका छन् । सरकारी तथ्यांकले भन्छ– वैदेशिक रोजगारीमा रहेका पनि लाखौंले रोजगारी गुमाएका छन् । उनीहरु नेपाल फर्किएका छन्, फेरि जान पाएका छैनन्’, सांसद थापाले भने, ‘उनीहरुको पुनस्र्थापनाबारे यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ।’
दक्षिण कोरियाको भाषा तथा सीप उत्तीर्ण गरेका करिब दश हजार पाँच सय र प्रतिबद्ध करिब दुई हजार कामदार महिनौंदेखि अलपत्र परेर काठमाडौंमा यत्रतत्र छरिएर बसेको उनको भनाइ छ । उनले भाषा तथा सीप परीक्षण उत्तीर्ण गरेका, घरविदामा आएर फर्किएर जान नपाएका यी कामदारलाई कोरियामा रोजगारी पाउने सुनिश्चितताका सम्बन्धमा सम्बन्धित मन्त्रालयले ठोस काम गरेर यसको जानकारी सदनलाई गराउनको निम्ति सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: चैत्र ३० २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend