Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बराहद्वारा गोरखाको भवनमा सेवा विस्तार

हाम्रो कोशी आवाज
बैशाख १ २०७८, बुधबार
धरानमा बराहद्वारा गोरखाको भवनमा सेवा विस्तार

धरानः प्रतिष्ठित व्यवसायिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि (हाल बराह ग्रुप) ले धरानस्थित गोरखा डिपार्टमेन्टल स्टोरको भवनमा सेवा विस्तार गरेको हो । यसअघि गोरखा डिपार्टमेन्टल स्टोरको भवन धरान-८ धनकुटेरोडस्थित सिदार्थमार्गमा रहेको थियो ।
बराहले सो भवनलाई थप चिरिच्याट्ठ बनाएको छ । धरानको मामिलामा यो नै सबैभन्दा ठूलो डिपार्टमेन्ट स्टोर बनेको छ । यसको क्षेत्रफल पनि ठूलो छ ।
नयाँ वर्षको आगमनसँगै आज (बुधबार) देखि व्यापार व्यवसाय पनि थालेको छ । बराहले यसलाई मल्टिीप्रपोज कम्प्लेक्स भनेको छ । ‘यसअघि नै फाट्टफुट्टरुपमा व्यवसाय सञ्चालन नै थियो तर नयाँ वर्षको आगमनसँगै थप व्यवसाय विस्तार गरेर सेवा अघि बढाएका हौं’, बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले भने, ‘थप सेवा विस्तारसँगै औपचारिकरुपमा तीन महिनापछि मात्रै उद्घाटन हुनेछ ।’
सो भवनमा बराहका सबै सेवासहित अन्य थप नयाँ सेवा पनि दिने लक्ष्य छ । त्यहाँ यसै वर्षदेखि धरानमा पर्यटक बढाउन र पर्यटकलाई आकर्षण दिन जातीय परिकार पस्कने लक्ष्य राखेको जनाइएको छ । ‘बराहले दिने सबैसेवासहित विशेषगरी संसारभरी रुचाइएको फुड प्रोडक्ट केएफसीलाई चाँडै नै शुभारम्भ गर्नेछौं भने फार्मेसी, विभिन्न जातिका जातीय परिकार पनि पस्किनेछौं, जसले देश–विदेशका पर्यटक धरान तान्नेछ भन्ने आशा छ ।’
बराह ग्रुपका सञ्चालक मानबहादुर दियाली (विश्वकर्मा) ले २७ वर्षदेखि नुनदेखि सुनसम्मको सेवा दिँदै आएको बराहले अब सो भवनमा मल्टीप्रप्रोज कम्प्लेक्सको अवधारणामा यहाँबाट सेवा दिन लागिएको बताए ।
त्यहाँ बुधबारबाट उपभोक्ताको लागि प्रत्यक्ष सरोकार राख्ने खाद्यान्न र लत्ताकपडाको बिक्री थालिएको छ । ‘शुरुमा दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्न, लत्ताकपडालाई ध्यान दिऔं, त्यसपछि लगातार अन्य व्यवसाय सञ्चालन गरौं भनेर लागेका हौं’, उनले भने । त्यस्तै, बुधबमरदेखि नै सिनेमा हल, मिटिङ हल र बराह फेमिली किचनपनि सञ्चालनमा रहने उनले जानकारी दिए । अब अन्य सेवा पनि क्रमशः विस्तार गर्दै लगिने उनले जानकारी दिए ।
‘ब्यवसायिक पाटो एउटा भएपनि हामीले यसलाई मुलुकको, समाजको समृद्धिको अंगका रुपमा लिएर गइरहेका छौं । वार्षिकरुपमा राज्यलाई करोडौं कर तिरिरहँदा हामीले समाजमा हुने विभिन्न सामाजिक कार्य र समाज रुपान्तरणलाई समेत जोड्दै अघि बढेका छौं ।’ उनले भने । भवन र जग्गामा कति लगानी गरिएको हो भन्नेबारेमा भने केही खुलेको छैन ।
के के हुनेछ सेवा ?
सबैभन्दा मुनिको तलामा अन्तर्राष्ट्रियस्तरको पार्किङ सेवा, ग्राउण्ड फ्लोरमा खाद्यान्न, कस्मेटिक्स, पहिलो तल्लामा इलेक्ट्रोनिक्स, लत्ताकपकडा, किचनका सामग्री, तेस्रो तलामा ब्याङक्वैट र हेयर सैलुन, चौथो तलामा फुड कोर्ट, स्वीट, इथिनिक बार, पाँचौ तालामा सिनेमा हल, किड्स जोन, छैटौं तलामा गेम र स्पा रहने जनाइएको छ ।
धरानस्थित बराहमा ज्वेलरीसँगै, डिपार्टमेन्ट स्टोर, बराह बचत तथा ऋण सहकारी संस्था, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, बराह रेमिट, बराह बाल संसार, इन्द्रेश्वर फेन्सी स्टोर, बराह कृषि उपज तथा पशुपालन र बराह फेमली रेष्टुरेन्ट समेत सञ्चालनमा छ भने भेडेटारमा पनि सेवा सञ्चालनमा छ ।
‘धरानदेखि काठमाडौं, पोखरा, हङकङ हुँदै युकेसम्म’ नारा दिइएको बराहको सेवा दुबईमा समेत छ । त्यस्तै काठमाडौंमा अभिमत बचत तथा ऋण सहकारी, बराह ज्वेलरी, न्यू बराह ज्वेलरी, बराह प्रोपटिज सर्भिस टाइम्स रेमिट समेत सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै, कृपादृष्य डिजिटल स्टुडियो मार्फत् कृपा अनप्लग, बराह फाउण्डेशन, इन्द्र बराह एथ्नीक ग्यालेक्सी मार्फत् विभिन्न ब्यावसायिक सेवा, न्यु बराह ज्वेलरी इन्ड्रष्टिज, पाटन औद्योगिक क्षेत्रमा परम्परागत तथा आधुनिक सुनचाँदीका गरगहना प्रोडक्सन हाउस सञ्चालन गरिरहेको छ ।
पोखरामा गोर्खा एण्ड बराह ज्वेलरी, गोर्खा एण्ड वराह फाउन्डेसन, गोर्खा एण्ड फेमली किचन, हेयर एण्ड व्युटि सैलुन, जिवी सैलुन सञ्चालन गरेको छ । चितवनमा नारायणी बराह ज्वेलरी र इन्द्र लामीछाने फाउन्डेशन सञ्चालनमा छ ।
बराहले सामाजिक कार्यअन्र्तगत खानेपानी ढुवानी सेवा, नियमित रुपमा रक्तदान लगायत, शिक्षा, स्वास्थ्य, मानवीय हिसाबले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको छ । हाल बराहमा प्रत्यक्ष अप्रत्यक्ष गरी सयौंले रोजगारी समेत पाएका छन् । शीर्षक सच्याइएको छ । –सं.
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: बैशाख १ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend